२५ आश्विन २०८३, आइतबार | October 11, 2026

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार



गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

चुमनुब्री गाउँपालिका(३ न्याकफेदीमा फसेका नौ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरेर न्याकगाउँ लगिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रशाद शर्माले जानकारी दिए ।

उनका अनुसार धार्चे गाउँपालिका(१ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनाको पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । यारुबगरमा फसेका पर्यटक, स्थानीय र हाइड्रोपावरमा कार्यरत १८ जनालाई उद्धार गरी हुल्चुक गाउँमा लगिएको सहायक प्रजिअ शर्माले जानकारी दिए । बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा सेनाको चार वटा हेलिकोप्टर परिचालन गरिएको उनले बताए ।

सहायक प्रजिअ शर्माका अनुसार आज बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका(६ उङ्गिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले हालसम्म दुई मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल बगाएको छ । बाढीले चुमनुब्री गाउँपालिकाको उङ्गिलुङ खोला क्षेत्रका चार वटा गोठ बगाएका छन् । यस्तै, बूढीगण्डकी किनारमा पर्ने सल्लेरी, घट्टेखोला, पैँयु, दोभान र बगरका करिब ५० घरमा क्षति पुर्‍याएको उनले जानकारी दिए ।

शर्माका अनुसार धार्चे गाउँपालिकाको माछिखोला, यारुबगर र दोभानका करिब ३५ घर र आरुघाट गाउँपालिकाको सोतीका करिब १५ घरमा क्षति पुगेको छ । बाढीका कारण उङ्गिलुङ गोठमा बस्ने पाँच जना र धाउनेमा बस्ने तीन घरका पाँच जना गरी १० जना सम्पर्कविहीन बनेका सहायक प्रजिअ शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ३ : ३१ बजे

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत

बूढीगण्डकी बाढीप्रभावित नागरिकको उद्धार र राहतमा जुट्न प्रचण्डको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

घरघरमा जमरा राखियो

काठमाडौं । आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना

सीएनआईवाईईएफ लुम्बिनीको ‘दसैँ कनेक्ट’ कार्यक्रम सम्पन्न

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले

तनहुँ जलविद्युत् आयोजनाद्वारा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास

तनहुँ। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम