१० भदौ २०८३, बुधबार | August 26, 2026

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै



दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने र लगाएको बाली सुक्ने समयमा दाङको घोराही उपमहानगरपालिका–६ का खेतबारी हरियाली छन् ।

उपमहानगरपलिकाको सहयोगमा वडा कार्यालयले वडाका प्रत्येक गाउँलाई समेट्ने गरी बोरिङ र ‘स्यालो ट्युबवेल’ निर्माण गरेपछि यहाँका खेतबारी हरियाली भएका हुन् । हिउँदमा सुक्खा हुने जमिन हराभरा भएर नागरिकको आम्दानीसमेत वृद्धि भएको छ ।

घोराही–६ का श्रीधर अधिकारीले धान काटेको खेतमा तोरी छरेका छन् । उनको खेतमा आकाशे पानीको भरमा खेती हुने गरेको थियो । गत वर्षदेखि उनले बोरिङको पानीले सिँचाइ गरेर खेती गर्न थालेका छन् । उनले भने, “धान काटेपछि खेत बाँझो हुने गर्दथ्यो, सिँचाइ सुविधा थिएन, तोरी किनेर खानुपर्ने बाध्यता थियो, तर अहिले १० पाथी तोरी बिक्री गर्न पाइयो, बाह्रै महिना खेती हुने गरेको छ ।”

पानीको सुविधा भएपछि तोरी, मकै र तरकारीखेती गरेर बाह्रै महिना हरियाली हुने गरेको उनले बताए। “बोरिङको उपभोक्ता समिति बनाएका छौँ, एक घण्टाको रु दुई सय तिरेर सिँचाइ गर्ने गरेका छौं”, उनले भने।

घोराही–६ गुरगैका प्रेम चौधरीले १० कट्ठा खेतमा काउली, बन्दा र प्याजखेती गरेका छन् । खेतीपातीबाटै उनले वार्षिक रु सात लाख आम्दानी गर्ने गरेको बताए। तरकारी, आलु, प्याजलगायत बिक्री गर्ने गरेको उहाँको भनाइ छ । उनले भने, “सिँचाइको समस्या छैन, तीन वर्षअघिसम्म खानेपानीकोसमेत समस्या हुने गरेको थियो, वडा कार्यालयले प्रत्येक टोलमा बोरिङको व्यवस्था गरेपछि खेतबारीमा सिँचाइ गरेको पानीले खानेपानीको मुहान पनि ‘चार्ज’ भएर इनार तथा कुवामा पनि प्रशस्त पानी हुने गरेको छ ।”

घोराही–६ का वडाध्यक्ष विष्णुराम आचार्यले सिँचाइका लागि वडा भरमा १० बोरिङ र चार स्यालो ट्युबवेल सञ्चालनमा आएको बताए । उनका अनुसार एउटा बोरिङले ३० बिघा जमिन सिँचाइ गर्ने गरेको र स्यालो ट्युबवेलले चार बिघा जमिनमा सिँचाइ हुने गरेको छ । खेतीपाती गर्ने किसानलाई आत्मनिर्भर गराउन र बाँझो जमिन नराख्ने उद्देश्यले काम गरेको उनले बताए। “वडा नं ६ को चार सय बिघा जमिनलाई सिँचाइ सुविधा पुगेको छ”, उनले भने, “केही पानीका योजना सम्पन्न हुने क्रममा छन्, ती सम्पन्न भएपछि वडाका सबै जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।”

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १२ : ०५ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त