४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी



पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ चालु आर्थिक वर्षको पुस २९ गतेसम्म ५३ वटा साइबर अपराधका उजुरी परेका हुन् ।

विसं २०८० फागुन ७ देखि २०८१ पुस २९ गतेसम्म सोसम्बन्धी ५३ वटा उजुरी दर्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए । दर्ता भएकामध्ये ‘फेसबुक ह्याकिङ’ सम्बन्धी १६ र अन्य ३७ उजुरी रहेका छन् ।

साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म १७ वटा मात्र फछ्र्यौट भएको प्रहरी उपरीक्षक चन्दले बताए । सामाजिक सञ्जाल ‘फेसबुक, ट्विटर, युट्यूब, म्यासेन्जर, इमो, इन्स्ट्राग्राम, अनलाइन, इमेल, एटिएम, भाइबर र ह्वाट्सएप’मार्फत साइबर अपराधका घटना हुने गरेका छन् ।

सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको उपरीक्षक चन्दको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १० : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको