११ भदौ २०८३, बिहिबार | August 27, 2026

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच भेटवार्ता



काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आज ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आज साँझ भेट भएको हो ।

सो भेटका क्रममा दुवैजनाबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो । त्यस भेटका क्रममा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो । हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँदिल्लीमा भएको ऊर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उनीहरुबीच कुराकानी भएको थियो ।

भेटमा मन्त्री डा देउवाले भारतसँग भएको ऊर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बङ्गलादेश विद्युत् निर्यात प्रवद्र्धनमा सहयोग पु¥याएको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । साथै पछिल्लो समयमा दुई देशबीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिबारेमा उनीहरुबीच कुराकानी भएको थियो ।

नेपाल–भारत बङ्गलादेशबीचको त्रिपक्षीय विद्युत् व्यापार सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि ठूलो उपलब्धि रहेको उल्लेख गर्दै त्यसका लागि भारतले प्रदान गरेको सहजीकरण उल्लेखनीय रहेको मन्त्री डा देउवाको भनाइ थियो । भेटमा क्रसबोर्डर विद्युत् व्यापार निर्माणको ‘मोडालिटी’का विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको थियो । साथै नेपाल–भारतबीचको व्यापार सन्धिको पुनरावलोकन, गत जनवरी महिनामा काठमाडौँमा भएको नेपाल–भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा तथा मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो ।

साथै सो भेटका क्रममा भारतीयतर्फबाट अतिरिक्त बन्दरगाह सञ्चालनका लागि भएको प्रगति र यसले सीमा पूर्वाधारको विकास तथा व्यापार प्रवद्र्धन र दुई देशबीचको कनेक्टिभिटीमा सुधार ल्याउने उल्लेख गर्दै मन्त्री डा देउवाले प्रशंसा गरेकी थिइन् ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्या समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रिस्तरीय बैठकबाट यसलाई सकारात्मक रुपमा अघि बढाउने समझदारी भएको विषयमा समेत उनीहरुबीच छलफल भएको थियो ।

सो भेटका क्रममा माथिल्लो अरुण परियोजना अघि बढेकामा भारतीय विदेशमन्त्रीले धन्यवाद व्यक्त गरेका थिए । साथै विदेशमन्त्री डा जयशङ्करले बिम्स्टेक सङ्गठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा कुराकानीका क्रममा राखेका थिए ।

मन्त्री डा देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझाहितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको भारतीय विदेशमन्त्रीसमक्ष बताएकी थिइन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : ५९ बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका