८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी हुँदै



नेपालगन्ज । नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी हुने भएको छ । महिला उद्यमी संघ नेपाल, बाँकेको आयोजनामा प्रदेशस्तरीय प्रदर्शनीको नवौं संस्करण हुने भएको हो । प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजक महिला उद्यमी संघले जनाएको छ ।

संघले आज पत्रकार सम्मेलन गर्दै फागुन ६ देखि १० गतेसम्म नेपालगन्जमाहुने लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी स्थानीय बागेश्वरी मन्दिर पसिरको चिल्ड्रेन पार्कमा हुने जानकारी दिएको छ । प्रदर्शनीलाई भब्य बनाउन विभिन्न उपसमितिहरु गठन गरिसकिएको कार्यक्रम संयोजक एवं प्रथम उपाध्यक्ष रेवती सिंहले जानकारी दिइन् । गाउँ तथा शहरमा भएका महिलालाई आफ्नो सीप, क्षमता र स्थानीय बस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्यसहित प्रदर्शनीको आयोजना गरिएको उनले बताइन् ।

उनले नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्यूठान, रोल्पा, पूर्वी रुकुम, सल्यानलगायत जिल्लाबाट आएर महिलाले आफ्नो उत्पादन प्रदर्शनीमा राख्ने जानकारी दिइन् । प्रदर्शनीले महिलाले उत्पादन गरेका बस्तु तथा उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणका लागि अवसर सिर्जना गर्ने उनले विश्वास ब्यक्त गरिन् । उनका अनुसार प्रदर्शनीमा करिव ६० वटा स्टलमा एक सय ५० भन्दा बढी उद्यमीले आफ्नो उत्पादनको बिक्री तथा प्रचार प्रसार गर्ने छन् ।

प्रदर्शनीमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, मह, हातले बनाइएका जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीको तेल, अण्डालगायत बस्तु रहने छन् ।

नवौं संस्करणलाई थप प्रभावकारी बनाउन यसपटक तीन वटा फरक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको संघकी अध्यक्ष राधा बस्नेतले बताइन् । अध्यक्ष बस्नेतका अनुसार फाल्गुन ७ गते महिला उद्यमी उत्प्रेरणा कार्यक्रम गरिने छ । यसमा महिला उद्यमीको संभावना र चुनौतीका विषयमा सरोकारवाला र विज्ञसंग संवाद हुने उनले बताइन् ।

त्यसैगरि फाल्गुन ८ गते युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन कार्यक्रम हुनेछ । त्यस कार्यक्रमका लागि युवा सञ्जाल सहित युवा र महिला उद्यमीहरुको सहभागीता रहने छ । बाँके र यस आसपासका कलेज र बिद्यालयका छात्रछात्राहरुको पनि कार्यक्रममा सहभागिता रहने उनले जानकारी दिइन् । फाल्गुन ९ गते सफल महिला उद्यमीको अनुभव आदान प्रदान र सम्मान कार्यक्रम गर्ने तयारी भएको अध्यक्ष बस्नेतले बताइन् । सबै कार्यक्रमहरु बिहान ११ बजे सुरु गरेर २ बजे सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताइन् ।

प्रदर्शनीको महत्वपूर्ण आकर्षणको रुपमा नेपालगन्जको परम्परागत तथा रैथाने परिकारलाई प्रवर्द्धन गर्नका लागि स्टलहरु राख्ने तयारी भएको छ । नेपालगन्ज उपमहानगरपालिका प्रवद्र्धक रहेको पाँच दिनसम्म चल्ने प्रदर्शनीमा करिव २५ हजारले अवलोकन गर्ने आयोजकले आंकलन गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ९ : २६ बजे

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले