१६ चैत्र २०८२, सोमबार | March 30, 2026

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज, मेयर आचार्यको थप उपचार हुने



काठमाडौं । पोखरा महोत्सव २०२५ को उद्घाटनको क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालले डिस्चार्ज गरेको छ । उनीसंगै घाइते भएको पोखरा महानगर प्रमुख धनराज आचार्यको डिस्चार्जका लागि भने समय लाग्ने अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनले आज विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलको स्वास्थ्य सामान्य बन्दै गएको र उनको फोक्सोमा कुनै इन्फेक्सन नदेखिएका कारण आज डिस्चार्ज गर्ने निर्णय गरिएको जनाएको छ । विज्ञप्तिमा महानगर प्रमुख आचार्यलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेकाले थप उपचारका लागि मुटुरोग विशेषज्ञको परामर्श भइरहेको जनाइएको छ ।

शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन समारोहमा बेलुन उर्ड उदघाटन गर्ने क्रममा विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

उनीहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

उपचारमा प्राडा. वि.डी झा, डा. प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली, प्राडा. शंकर मान राई, डा. विशाल कार्की, डा. मनिय यादव लगायतको जलन विशेषज्ञहरूको टोली, डा. प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली, डा. रिना गौचन, निर्मला कुंवर, तृष्णा महर्जन लगायतको नसिंङ टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ११ : ५३ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन