३ असार २०८३, बुधबार | June 17, 2026

लखन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि देवदह व्याईजलाई



बुटवल । बुटवलमा बुधबार सम्पन्न लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधि देवदह ब्याईज क्लब, देवदहले जितेको छ । उपाधि भिडन्तमा आयोजक लखन ब्रदर्शलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै देवदह ब्वाईजले नगद १ लाख ५१ हजार ५१५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता लखन ब्रदर्शले नगद ७५ हजार ७५७ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा लखनका सुजित डाँगी खेलमा उत्कृष्ट डिफेन्डर, लखनकै जितेश गुरुङ उत्कृष्ट मिडफिल्डर, लखनकै मिलन आले सर्वाधिक गोलकर्ता, देवदहका टेक बहादुर मुखिया उत्कृष्ट गोलकिपर, देवदहका सुभाष थारु सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भए । सियारीका बलराम न्यौपाने उदयमान खेलाडी घोषित हुँदै पुरस्कृत भए । विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी नगद १० हजार ५०० सहित र अन्य चार जना उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार ५५५ रुपैयाँ, कपबाट पुरस्कृत भए ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा सिद्देश्वर खेलमैदानमा निक्कै प्रतिस्प्रधात्मक खेलको शुरुवातमा देवदहका हेनरी पोकुले गोल गर्दै टिमलाई अग्रता दिलाए तर अग्रता लामोसमय टिकेन ।आयोजकका रोशन थापाले डिबक्सबाट उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरी भएको थियो । खेलको अन्तिम समयमा आयोजक लखनका अनुप थापाको हेडमार्फत आत्मघाती गोलसँगै खेलमा देवदह विजयी भयो ।

एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, क्लबका अध्यक्ष सुदिप खत्री, क्लबका संरक्षक संयोजक राम बहादुर थापा, क्लबका सचिव निरन्जन पन्तले विजेता उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । माघ २२ देखि शुरु भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी गरि १६ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ७ : ०९ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ