७ आश्विन २०८३, बुधबार | September 23, 2026

पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिनुपर्छ : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘राजाको यति मात्रै चाहना रहेको छ। देश र जनतालाई बचाउन फेरि एक-पटक राजा र जनताबीचमा साझेदारीको आवश्यक छ । राजाबाट फेरि निरङ्कुश व्यवस्था र राजासंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन । राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले देशबासीलाई मार्मिक ढंगबाट परिस्थितिको चित्रण भएको सन्देश दिएको बताउँदै थापाले उक्त सन्देशलाई सबैले मनन गर्न आवश्यक रहेको बताए ।

राजाको सदासयतालाई नकारात्मक रुपमा लिन र टिका-टिप्पणी गर्न आवश्यक नभएको भन्दै थापाले राजाको भनाइ प्रजातन्त्र ,दल र नेताको विरुद्धमा नभएको, मुलुकको समस्याप्रतिको चिन्ता मात्र भएको समेत दाबी गरे ।

कसैलाई निषेध नगरी सबै अटाउने प्रणाली आवश्यक भएको चर्चा गर्दै थापाले पूर्वराजा ज्ञानेन्द्रको सन्देश अत्यन्तै सकारात्मक रुपमा ग्रहण गरेर ‍साकार पार्न राप्रपा नेपाल तयार रहेको बताए ।

यनले यसका लागि  जनदबाब सिर्जना गर्ने काममा क्रियाशिल बन्ने समेत उद्घोष गरे । कार्यक्रममा अर्थविद् डाक्टर विश्व पौडेल,वरिष्ठ अधिवक्ता विष्णु भट्टराई ,भास्कर भद्रा र निरज शाहले पनि बोलेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ४ : २३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज