१४ पुस २०८२, सोमबार | December 29, 2025

पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिनुपर्छ : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘राजाको यति मात्रै चाहना रहेको छ। देश र जनतालाई बचाउन फेरि एक-पटक राजा र जनताबीचमा साझेदारीको आवश्यक छ । राजाबाट फेरि निरङ्कुश व्यवस्था र राजासंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन । राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले देशबासीलाई मार्मिक ढंगबाट परिस्थितिको चित्रण भएको सन्देश दिएको बताउँदै थापाले उक्त सन्देशलाई सबैले मनन गर्न आवश्यक रहेको बताए ।

राजाको सदासयतालाई नकारात्मक रुपमा लिन र टिका-टिप्पणी गर्न आवश्यक नभएको भन्दै थापाले राजाको भनाइ प्रजातन्त्र ,दल र नेताको विरुद्धमा नभएको, मुलुकको समस्याप्रतिको चिन्ता मात्र भएको समेत दाबी गरे ।

कसैलाई निषेध नगरी सबै अटाउने प्रणाली आवश्यक भएको चर्चा गर्दै थापाले पूर्वराजा ज्ञानेन्द्रको सन्देश अत्यन्तै सकारात्मक रुपमा ग्रहण गरेर ‍साकार पार्न राप्रपा नेपाल तयार रहेको बताए ।

यनले यसका लागि  जनदबाब सिर्जना गर्ने काममा क्रियाशिल बन्ने समेत उद्घोष गरे । कार्यक्रममा अर्थविद् डाक्टर विश्व पौडेल,वरिष्ठ अधिवक्ता विष्णु भट्टराई ,भास्कर भद्रा र निरज शाहले पनि बोलेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ४ : २३ बजे

माछापुच्छ्रे बैंक र स्मार्ट पे ‘साइप्रस’ बीच रेमिट्यान्स सम्झौता

काठमाडौ । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा

बयान दिन आयोग पुगे पूर्वगृहमन्त्री रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखक भदौ २३ र २४

रेणु यादवसहित जसपाका बहुमत सदस्य जसपा नेपाल फर्किए

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फेरि

स्वदेशी उद्यमशीलताबाट मात्रै समृद्धि सम्भव : नीतिगत अस्थिरता र कार्यान्वयन कमजोरी मुख्य बाधक

बुटवल । समृद्ध नेपाली अर्थतन्त्रको आधार स्वदेशी उद्यमशीलताको विस्तार नै

विपद्बाट क्षति पुगेका इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौं। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति