२८ चैत्र २०८२, शनिबार | April 11, 2026

भारतमा कोरोना संक्रमणको रेकर्ड ब्रेक, एकैदिन ७८ हजार बढी संक्रमित



भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८ हजार ५१२ नयाँ संक्रममित थपिएका हुन् । संक्रमणबाट २४ घण्टामा ९७१ जनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा ज्यान गुमाउनेको संख्या ६४ हजार ४६९ पुगेको छ ।

भारतमा हालसम्म कुल संक्रमितको संख्या ३६ लाख २१ हजार २४६ पुगेको छ । जसमध्ये ७ लाख ८१ हजार ९७५ सक्रिय संक्रमित रहेका छन् । २७ लाख ७४ हजार ८०२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

पछिल्लो केही दिन यता भारतमा दैनिक ७० हजार भन्दा बढी संक्रमित थपिँदै गएका छन् । तर, पछिल्लो २४ घण्टामा ७८ हजार बढीको मामिला रेकर्ड भएको छ । यो संक्रमणदर अमेरिकामा भन्दा बढी भएको छ ।

नेपालसँग जोडिएका भारतीय राज्य उत्तरप्रदेश र विहारमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढेको छ ।

विश्वभर कोरोना भाइरसबाट साढे दुई करोड भन्दा बढी मानिस संक्रमित भएका छन् ।

जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर कुल संक्रमणको मामिला २ करोड ५१ लाख ३२ हजार ३२० पुगेको छ । ८ लाख बढीको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  १० : ५६ बजे

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०