१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भारतमा कोरोना संक्रमणको रेकर्ड ब्रेक, एकैदिन ७८ हजार बढी संक्रमित



भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८ हजार ५१२ नयाँ संक्रममित थपिएका हुन् । संक्रमणबाट २४ घण्टामा ९७१ जनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा ज्यान गुमाउनेको संख्या ६४ हजार ४६९ पुगेको छ ।

भारतमा हालसम्म कुल संक्रमितको संख्या ३६ लाख २१ हजार २४६ पुगेको छ । जसमध्ये ७ लाख ८१ हजार ९७५ सक्रिय संक्रमित रहेका छन् । २७ लाख ७४ हजार ८०२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

पछिल्लो केही दिन यता भारतमा दैनिक ७० हजार भन्दा बढी संक्रमित थपिँदै गएका छन् । तर, पछिल्लो २४ घण्टामा ७८ हजार बढीको मामिला रेकर्ड भएको छ । यो संक्रमणदर अमेरिकामा भन्दा बढी भएको छ ।

नेपालसँग जोडिएका भारतीय राज्य उत्तरप्रदेश र विहारमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढेको छ ।

विश्वभर कोरोना भाइरसबाट साढे दुई करोड भन्दा बढी मानिस संक्रमित भएका छन् ।

जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर कुल संक्रमणको मामिला २ करोड ५१ लाख ३२ हजार ३२० पुगेको छ । ८ लाख बढीको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १० : ५६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम