२९ चैत्र २०८२, आइतबार | April 12, 2026

बिबिसीलाई भारतमा साढे पाँच करोड जरिवाना



काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले विदेशी प्रत्यक्ष लगानी (एफडीआई) नियमहरू उल्लङ्घन गरेको आरोपमा बीबीसी वर्ल्ड सर्भिस इन्डियालाई ३.४४ करोड भारु अर्थात साढे ५ करोड रुपैयाँ जरिवाना गरेको छ । ईडीले बीबीसीका तीन निर्देशकहरूलाई १.१४ करोड रुपैयाँभन्दा बढी जरिवाना पनि लगाएको छ । यो आदेश भारतीय विदेशी विनिमय व्यवस्थापन ऐन अन्तर्गत दिइएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ ।

रिपोर्ट अनुसार बीबीसी वर्ल्ड सर्भिस इन्डिया सात प्रतिशत एफडीआई कम्पनी हो । बीबीसी डिजिटल समाचार माध्यम हो,  तर कम्पनीले सत प्रतिशत एफडीआई कायम राखेको छ । जबकि २०१९ मा सरकारले जारी गरेको आदेश अन्तर्गत, डिजिटल मिडियामा एफडीआईको सीमा २६ प्रतिशतमा तोकिएको थियो, जसलाई कम्पनीले बेवास्ता गरेको थियो ।

ईडीले अगस्ट ४, २०२३ मा बीबीसी वर्ल्ड सर्भिस इन्डिया, यसका तीन निर्देशक र वित्त प्रमुखलाई कारण देखाउ सूचना जारी गरेको थियो ।

बीबीसी वर्ल्ड सर्भिस इन्डियालाई कुल ३ करोड ४४ लाख ४८ हजार ८५० रुपैयाँ जरिवाना गरिएको छ । यसबाहेक, कम्पनीले नियमहरूको पालना नगरेसम्म, फेमा १९९९ को प्रावधानहरूको उल्लङ्घन गरेकोमा अक्टोबर १५, २०२१ पछि प्रत्येक दिनको लागि पाँच हजार जरिवाना पनि लगाइएको छ ।

फेब्रुअरी २०२३ मा, आयकर विभागले बीबीसीको मुम्बई र दिल्ली कार्यालयहरूमा छापा मारेको थियो । बीबीसीमाथि अन्तर्राष्ट्रिय कर छलीको आरोप लागेको थियो ।

आयकर बिभागले दिल्लीको केजी मार्ग क्षेत्रमा रहेको एचटी टावरको पाँचौं र छैटौं तलामा रहेको बीबीसीको कार्यालय र मुम्बईको सान्ताक्रुज क्षेत्रमा रहेको बीबीसी स्टुडियोमा पनि छापा मारेको थियो ।

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) वर्ल्ड सर्भिस टेलिभिजन बेलायती सरकारी निकाय हो । यसले ४० भाषाहरूमा समाचार प्रसारण गर्दछ । ब्रिटिश संसदले अनुदान मार्फत यसको लागि कोष जुटाउँछ । यो विदेश तथा राष्ट्रमण्डल कार्यालय मार्फत व्यवस्थित गरिन्छ । यो डिजिटल, संस्कृति, मिडिया र खेलकुद विभाग अन्तर्गत काम गर्दछ । बीबीसी सन् १९२७ मा शाही चार्टर अन्तर्गत सुरु भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ८ : ५५ बजे

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति