१४ पुस २०८२, सोमबार | December 29, 2025

त्रिशुलीमा भेटिएको शव मोटरसाईकल दुर्घटनापछि हराईरहेका रानाको भएको पुष्टि



चितवन । त्रिशुली नदीमा फेला परेको शव मोटरसाईकल दुर्घटना हराइरहेका रोहित रानाको रहेको पुष्टि भएको छ ।

आईतबार बिहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले फेला पारी शव नदीबाट बाहिर निकालेको हो ।

सो शव चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका-५ स्थित ३ नं. पुलबाट मोटरसाईकल दुर्घटना भई त्रिशुली नदीमा हराई रहेका रोहित रानाको भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६-०२ प ९२०४ नम्बरको मोटरसाईकल फागुन २ गते विहान करीब ११:४० बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा परी हराई रहेका रानको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएकोमा उनी भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौं जान हिडेको परिवारका सदस्यहरुले बताएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ११ : ३५ बजे

राष्ट्रिय च्याउ दिवसमा बुटवलमा निःशुल्क च्याउका परिकार खान पाईने

बुटवल । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा

अंग्रेजी नयाँ वर्षको अवसरमा बुटवलमा भोलिदेखी तीनदिने सडक खाना महोत्सव, तयारी पूरा

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा तीन दिने

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये