३ चैत्र २०८२, मंगलबार | March 17, 2026

श्री नरेश्वर महादेव बोलबम धाममा ऐतिहासिक शिवरात्रीमेला मेला लाग्ने



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १६ स्थित ऐतिहासिक श्री नरेश्वर महादेव बोलबम धाममा महाशिवरात्री मेला २०८१ हुने भएको छ । आईतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि मेलाको तयारी पूरा भएको धामका अध्यक्ष पुर्ण प्रसाद पौडेलले बताए । पश्चिमकै महत्वपुर्ण र धार्मिक मेला फागुन १४ गतेबाट २२ गतेसम्म संचालन हुनेछ ।

पुर्खाबाट नै संचालन भएको मेला केवल व्यवस्थापन गर्दै आएको उनले बताए । मन्दिरमा दर्शालुहरुलाई सहज दर्शन र पुजापाठ गर्ने व्यवस्थापन गरिएको उनले बताए । मेलालाई व्यवस्थित गर्न १७ वटा विभिन्न उपसमितिहरु गठन भएको छ । स्थानीय उत्पादन, खेल गतिविधि, रमाईलो र मिठाईका परिकार, खानपिनका साढे पाच सय स्टलहरु रहनेछन ।

कार्यक्रममा सल्लाहकार काशीराम शर्माले द्धापर युगबाट मन्दिरको ऐतिहासिकता जोडिएको बताए । केहि समयपछि बन्धो महतोले मन्दिर निर्माण गरेको उनले बताए । पछिल्लोसमय बि।सं २००१ सालमा जिर्णोद्धार गरिएको बताए । सेमलार गाँउपंचायत रहदा तत्कालिन समयमा यसलाई ब्यवस्थित गर्ने काम शुरु भएको हो ।

कार्यक्रममा समितिका पुर्वअध्यक्ष गगन बहादुर गुरुङ, समितिका उपाध्यक्ष दामोदर पोखरेलले दर्शालुहरुको सहजता हुने गरि व्यवस्थापनमा जोड दिएको बताए ।

कार्यक्रममा धामका सचिव तुल बहादुर चौधरीले मेलास्थलमा निर्माण भएको ९० फिट अग्लो टावरबाट दर्शकहरुलाई दृश्यावलोकन गर्न सकिने व्यवस्थापन गरिएको उनले बताए ।

थारु संस्कृति झल्कने सास्कृतिक कार्यक्रमहरुलाई जोड दिने उनले बताए । नरेनापुरस्थित कपरकट्टी मिनि फेवातालमा डुगा संचालन गरिने उनले बताए । मन्दिर व्यवस्थापन समितिको नाममा रहेको १ विगाहा ४ कठ्ठा क्षेत्रफलमा मुल मन्दिर र मेलास्थल रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : ४८ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन