७ श्रावण २०८३, बिहिबार | July 23, 2026

साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ



काठमाडौं । वन्यजन्तु सालकको खपटा (आखेटोपहार)को ओसारपसार तथा बेचबिखनमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेरबहादुर स्याङताङ, नुवाकोट बेलकोटगढी नगरपालिका(५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने ४० वर्षीय सन्तबहादुर गुरुङ रहेका छन्।

यस्तै, ओखलढुंगा मोलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका(६ बस्ने २८ वर्षीय राजु विश्वकर्मा र सुनसरी धरान उपमहनगरपालिका-१५ घर भई हाल काठमाडौं-२६ नयाँ बसपार्क बस्ने ४२ वर्षीय मदन राई पनि पक्राउ परेका छन् ।

उनीहरूलाई शनिबार काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नचामुण्डा चोकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूको साथबाट साढे ८ किलो सालकको खपटा बरामद भएको छ।

उनीहरूले कहाँबाट उक्त खपटा संकलन गरे भन्नेबारे डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : २९ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन