१२ बैशाख २०८३, शनिबार | April 25, 2026

प्रधानन्यायाधीशको नाममा नक्कली ट्विटर आइडी बनाएर प्रचार गरेकाप्रति ध्यानाकर्षण



काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको ट्विटर (एक्स) अकाउन्ट नभएको र नक्कली आइडी बनाएर गलत प्रचार गरेकाप्रति प्रधानन्यायाधीशको निजी सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानन्यायाधीशको निजी–सचिवालयका उपरजिस्ट्रार नवीनकुमार यादवले आज जारी गरेको प्रेस विज्ञप्तिमा एउटा मिडियाले ‘प्रधानन्यायाधीश राउतको ट्विटर (एक्स) अकाउन्टबाट असान्दर्भिक पोस्ट, ह्याक भएको आशङ्का’ शीर्षकमा प्रकाशित समाचार र सो समाचारमा सङ्लग्न ट्विटर अकाउन्ट एवं सोमा लेखिएको व्यहोराप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

“सर्वोच्च अदालतको गरिमा र मर्यादा घटाउने तथा प्रधानन्यायाधीशको व्यक्तित्वमा क्षयीकरण गराई न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकाले सो ट्विटमा उल्लेख भएको झुटो व्यहोराप्रति विश्वास नगर्न सबैमा अनुरोध गरिएको छ”, विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको गलत एवं भ्रामक सामग्री तत्काल हटाउन तथा सो सामग्री ट्विटर गर्ने व्यक्तिलाई शीघ्र कानुनी दायरामा ल्याउन अनुसन्धान गर्ने निकायलाई आवश्यक निर्देशन दिई सकिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।”

 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : ५३ बजे

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन । नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि

थापाथलीको सुकुम्बासी बस्ती खाली गरियो

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गरिएको छ ।

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु