१० भदौ २०८३, बुधबार | August 27, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक कोरोना भाइरस संक्रमित गर्भवतीको शल्यक्रिया गरी बच्चा जन्माइएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतम र भक्त बस्याल सहितको टिमले सिद्धार्थनगर १ की २२ वर्षीया महिलाको शल्यक्रिया गरी बच्चा जन्माइएको हो।

भीम अस्पताल भैरहवाले रेफर गरेर बुटवल आएकी महिला र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमित रहेकी कृतिम गर्भाधान गरेकी महिला बाट जन्मिएको बच्चा र आमालाई लुम्बिनी प्रादेशिक अस्पतालमै थप उपचारका लागि राखिने अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए । आमाको रिपोर्ट नेगेटिभ आएपछि मात्र डिस्चार्ज गरिने प्रवक्ता डा गौतमले बताए । गौतमका अनुसार बच्चाको पनि पीसीआर परीक्षण गरिने छ ।

यसअघि प्रादेशिक अस्पतालमा एकजना गर्भवतीको शल्यक्रिया हुन नसकेको भन्दै आलोचना भएको थियो। अस्पताल आएकी एकजनालाई अस्पतालले बाँकेको कोहलपुर रेफर गरेको थियो ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ४ : ५२ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट