४ पुस २०८२, शुक्रबार | December 20, 2025

ओहोदाको प्रमाणपत्र प्रस्तुत



काठमाडौं । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका गरेका छन । म्याड्रिडस्थित राजप्रसादमा गत सोमबार आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन ।

ओहोदाको प्रमाणपत्र पेस गरेपछि स्पेनी नरेशसँग भएको शिष्टाचार भेटमा नेपाल तथा स्पेनबीच सम्बन्धका विविध पक्षबारे सङ्क्षिप्त छलफल भएको म्याड्रिडस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलका साथै नेपाल सरकार र नेपाली जनताका तर्फबाट स्पेनका नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै स्पेनका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए । उनले नेपालको परराष्ट्र नीति, विकासका प्राथमिकता र प्रयास, जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधानका प्रयत्न तथा पर्यावरणीय चुनौतीको सामाना गर्न अन्तरराष्ट्रिय सहयोगको महत्वलगायत विषयमा छलफल भएको दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको