९ भदौ २०८३, मंगलबार | August 25, 2026

फाइनलमा नेपाल फेरि स्तब्ध, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार बेहोरेको छ । दशरथ रंगशालामा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यान्मारसँग २-० गोल अन्तरले पराजित भएको हो ।

फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यान्मारले २-० को नतिजा निकालेको हो । म्यान्मारका लागि यू पीर खैंगले गोल गरेकी थिइन् भने अर्को गोल नेपालकी गीता रानाले आत्मघाती गोल गरेकी थिइन् ।

योसँगै नेपालले पछिल्लो १५ वर्षमा आफ्नो १३औं फाइनलमा पनि हार बेहोरेको हो ।

यसअघि १२ फाइनलमा हार्दा नेपालले साफ च्याम्पियसिपको छ वटा फाइनलमा उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण पटकका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।

नेपाल साफ च्याम्पियनसिपमा ६ पटक २०१०, २०१२, २०१४, २०१९, २०२२ र २०२४ मा फाइनल खेलेको थियो भने साग गेम्समा ३ पटक २०१०, २०१६ र २०१९मा फाइनल खेलेको थियो । त्यस्तै नाडेज्दा कप २०१९ मा फाइनलमा उज्वेकिस्तानसँग पराजित भएको थियो भने हिरो वुमन्स गोल्डकपको फाइनलमा २०१९ मा म्यान्मारसँग पराजित भएको थियो । त्यस्तै वाफ वुमन्सको फाइनलमा २०२४ मा जोर्डनसँग पराजित भएको थियो भने यस पटक इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा म्यान्मारसँग पराजित भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : १५ बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन