२७ जेष्ठ २०८३, बुधबार | June 11, 2026

घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ- मन्त्री यादव



काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले घाटामा रहेर सेवा दिँदै आएका नेपाल खानेपानी संस्थानका देशभरका शाखाहरुलाई नाफामै ल्याएर छोडिने बताएका छन् । संस्थानलाई अब नाफामा ल्याउन गेम चेन्जर प्लान (खेल परिवर्तक योजना) ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

नेपाल खानेपानी संस्थानको ३६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले संस्थानले लाखौँ नेपाली नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको भन्दै यसको महत्वलाई उच्च मूल्याङ्कन गरे । उनले संस्थानलाई घाटाबाट नाफामा रूपान्तरण गर्न सबै कर्मचारी र सरोकारवालाहरूको पूर्ण सहयोग आवश्यक रहेको बताए ।

मन्त्री यादवले संस्थानलाई घाटाबाट मुक्त गर्न सबै कर्मचारीले गम्भीर भएर सोच्नुपर्ने र योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “संस्थान कस्को कारण घाटामा पुग्यो ? यसलाई नाफामा ल्याउने उपाय के हुन् ? सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्छ । संस्थान रहे मात्र हामी सबैलाई फाइदा हुन्छ, घाटामा गएर नै संस्थान बन्द भयो भने दोष कसलाई दिने ?”

मन्त्री यादवले पाइपलाइन फुट्ने, चुहिने, फोहर तथा ढल मिसिएर पानी आउने समस्या तत्काल समाधान गर्नुपर्नेमा विशेष ध्यानाकर्षण गराए । उनले कर्मचारीहरूलाई निर्देशन दिँदै भने, “खानेपानी सेवामा कुनै लापरबाही हुनुहुँदैन । नागरिकलाई शुद्ध, सुरक्षित र गुणस्तरीय पानी उपलब्ध गराउने हाम्रो दायित्व हो । संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ ।”

नाफामा रहेका अन्य शाखाहरुबाट सबैले पाठ सिक्नु पर्ने उनको भनाई छ । संस्थानमा महाप्रवन्धकको दश महिनादेखि स्थायी नेतृत्वको अभाव रहेको भन्दै उनले निकै अप्ठेरो परिस्थितीका बाबजुद् आफ्नो कार्यकालमा बल्लतल्ल महाप्रवन्धक नियुक्त गर्न सफल भएको बताए । साथै, कर्मचारीको हकहितका सहयोग गर्नका लागि संस्थानको नयाँ विनियमावली चाँडै कार्यान्वयनमा ल्याइने आश्वासन दिँदै उनले भने, “संस्थानका कर्मचारीहरुको हहितका लागि नयाँ विनियमावली आउँदै छ । आएको दिन तपाईंहरू दिपावली मनाउनुहुनेछ ।” हाल २२ वटा शाखा कार्यालयमार्फत १५ लाख जनसंख्यालाई सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गरिरहेको जानकारी दिँदै मन्त्री यादवले सेवा थप विस्तार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए ।

सरकारको नीति अनुरूप “एक घर–एक धारा” कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । संस्थानको आगामी त्रिवर्षीय योजनाअनुसार ६० हजार नयाँ घरधुरीलाई धारा वितरण गरी ७ करोड ४० लाख लिटर पानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ । यस योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले बताए ।

काठमाडौँ उपत्यका बाहिरका शहरी क्षेत्रमा सहज, सुरक्षित र पर्याप्त खानेपानी वितरणको जिम्मेवारी बोकेको संस्थानले अब स्थानीय तहहरूसँग अझ बलियो सहकार्य गर्ने विश्वास व्यक्त गर्दै मन्त्री यादवले भने, “संस्थानलाई अझ सबल बनाउने मेरो व्यक्तिगत तथा मन्त्रालयको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग रहनेछ ।”

संस्थानले खानेपानी सेवामा पारदर्शिता, पहुँच र गुणस्तर कायम राख्दै नागरिकको विश्वास जित्नुपर्ने मन्त्री यादवको भनाइ छ । उनले दिगो विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न संस्थानको योगदान अत्यन्तै महत्त्वपूर्ण हुने स्पष्ट पारे ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ४ : ४४ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न