११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

५५ बर्षिया ‘बुलेट आमा’ को सहासलाई काठमाडौँ महानगरको सम्मान



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुलेट आमा शुशिला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंशा गरेको छ । आज उपप्रमुख सुनिता डंगोलले उनलाई प्रशंशा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् ।

त्यस क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गरेका थिए । यस्तै  प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले खादा ओढाएका थिए ।

प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले तिवारीको मोटरसाइकल यात्रा सहासी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् । नेपाली महिलाहरुले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरुका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो । उननले भनिन् ।

झापाको बुधबारे बसोबास गर्ने तिवारी ५५ वर्षकी छन् । नेपाली महिलाको राष्ट्रिय पोशाक ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै उनले गएको भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालनी गरेकी थिइन् । नवौँ दिनको मध्यान्नमा सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर त्यस चरणको यात्रा समापन गरेकी थिइन् ।

विगत यात्रा र आगामी योजनाका विषयमा जानकारी दिँदै उनले भनिन्, ‘सहासी र शसक्त नेपाली महिलाको पहिचान प्रवर्धन गर्न अब भारत, बंगालादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु । यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ७ : २८ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम