३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

सिन्धुपाल्चोक भूकम्पबाट एक घरमा पूर्ण क्षति, ६ जना सामान्य घाइते



काठमाडौं । शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६।१ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण नेपाल प्रहरीले सार्बजनिक गरेको छ ।

प्रहरीका अनुसार अहिलेसम्म सम्म भूकम्पबाट एक घर पूर्ण रुपमा क्षति भएको र ३ घर आंशिकरुपमा क्षति भएको जनाएको छ । आंशिक क्षति हुनेमा एक गोठ र एक प्रहरी कार्यालय रहेको छ । त्यस्तै भूकम्पका कारण ३ परिवार विस्थापित भएका छन् । भूकम्पबाट ६ जना सामान्य घाइते भएका छन् ।

भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एकजना भाग्नेक्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको उनको अवस्था सामान्य रहेको उल्लेख छ । उनलाई चौतारा अस्पतालमा उपचारका लागि लगिएको डिस्चार्ज भइसकेको छ ।

भूकम्पपछि भोटेकोशी गाउँपालिका–३ स्थित लुसारेमा सुक्खा पहिरो गएको छ । यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको एक तल्ले जस्ताको छानो भएको ब्यारेकमा सामान्य क्षति भएको जिप्रकाले जनाएको छ ।

प्रहरीले आपतकालीन अवस्थामा प्रहरीको १०० नम्बरमा फोन गरेर सम्पर्क गर्न सकिने पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ४ : २९ बजे

आज २६३ औँ सेना दिवस मनाइँदै

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज

आज महाशिवरात्री पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन

निर्वाचन आउन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार