२० भदौ २०८३, शनिबार | September 5, 2026

मुख स्वास्थ्यसम्बन्धी सचेतना अभियान फैलाउँदै आधुनिक समाज डेन्टल केयर



बुटवल । दुई दशक अघिदेखि बुटवलमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको आधुनिक समाज डेन्टल केयर प्रा.लिले दाँत, मुख, गिजा एवं समग्र मुख स्वास्थ्यसम्बन्धी सचेतना अभियानलाई तीव्रता दिएको छ ।

मानिसको खराब जीवनशैली, असन्तुलित आहार र नियमित स्वास्थ्य जाँचको कमीका कारण मुखको क्यान्सर तथा अन्य दाँत र गिजासम्बन्धी रोगहरू बढिरहेको आधुनिक समाज डेन्टल केयर प्रालिका प्रवन्ध निर्देशक अमृत भुसालले बताए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो समय पाठेघरको मुखको क्यान्सर पछि मुखको क्यान्सरको जोखिम बढ्दै गएको र यसबाट ज्यान गुमाउनेको संख्या पनि बढीरहेको अवस्थामा बिभिन्न विद्यालय र समुदायस्तरमा दाँत तथा मुख स्वास्थ्यप्रति जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी गराए ।

मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशभन्दा बढी क्यान्सरका बिरामी सुर्ती तथा गुड्खाजन्य पदार्थ सेवनका कारण हुने गरेको प्रवन्ध निर्देशक भुसालले बताए । उनले सामान्य स्वास्थ्य सतर्कताले जटिल रोगबाट बच्न सकिने बताए । ‘शरिरका अन्य अंग जस्तै मुख स्वास्थ्यमा पनि ध्यान दिन जरुरी छ ।’ उनले भने, ‘अल्कोहल, सुर्तीजन्य पदार्थ र जंकफुडको प्रयोग कम गरी बिहान-बेलुका खाना खाएपछि राम्रोसँग मुखको सफाइ गर्नेहो भने मात्रै पनि दाँत, मुख र गिजासम्बन्धि समस्या कम हुन्छ ।’ । मुख स्वास्थ तथा दातको उपचार महँगो भएकोले रोग लाग्न नदिन उनले आग्रह गरे । राज्यले मुख स्वास्थ्यलाई पाठ्यक्रममा समावेश गरी बिद्यालय तहबाटै बालबालिकालाई सचेत गराउन जरुरी रहेको उनले बताए ।

आधुनिक समाज डेन्टल केयरले नाफाको ५ प्रतिशत रकम बिभिन्न सामाजिक उत्तरदायित्वको काममा खर्च गर्दै आएको अध्यक्ष ज्योती सापकोटाले बताइन् ।

चालु आर्थिक वर्षको हालसम्म मुख स्वास्थ्य सचेतना कार्यक्रममार्फत् ७९ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालयका करिब २८ हजार विद्यार्थीलाई सेवा पदान गरेको उनले बताइन् । सोही अवधिमा २० वटा समुदायस्तरीय सचेतना तथा स्क्रिनिङ कार्यक्रम मार्फत करिब १ हजार ५०० जनालाई सेवा प्रदान गरेको उनले बताइन् ।

यस्तैगरी गत आर्थिक वर्ष रोटरी क्लब अफ लुम्बिनी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टारसँगको सहकार्यमा लुम्बिनी प्रदेशका १ लाख विद्यार्थीहरूलाई निःशुल्क मुख स्वास्थ्य सचेतना र स्क्रिनिङ सेवा प्रदान गरेको थियो । भने विभिन्न संघ संस्थासँगको सहकार्यमा ५० भन्दा बढी सामुदायिक सचेतना तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरीको थियो ।

दाँत, गिजा तथा मुखसम्बन्धि समस्या भएका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नै उद्देश्यसहित नयाँ ठाउँबाट सेवा सुरु भएको आधुनिक समाज डेन्टल केयरका योजना प्रमुख माधब सापकोटाले बताए । बुटवलको अस्पताल लाइनस्थित यसअघि राष्ट्रिय वाणिज्य बैंक भएको ठाउँबाट नयाँ व्यवस्थापनका साथ गुणस्तरीय सेवा सुरु भएको गरीएको उनले बताए । आधुनिक समाज डेन्टल केयरले सर्वसुलभ रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गरेर बिरामीको मन जित्न सफल भएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ६ : ५५ बजे

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी

बाढीप्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन

नुवाकोट ।  भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका