३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

प्रधानमन्त्री लक्षित महानगर प्रमुख बालेनको स्टाटस : एमाले महासचिव पोखरेलको जवाफ



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेरी एक पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् ।

बालेनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीलाई आफुलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन् । सरकारले लामो समयदेखि काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि महानगर प्रमुख बालेनले यस्तो स्टाटस लेखेका हुन् ।

सरकारले प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण बिगत ३ महिना देखि महानगरका कर्मचारीहरुले तलव खान पाएका छैनन् । निम्न आ भएका कर्मचारीहरुले कार्यालय आउने भाडा नभएका कारण पैदल अफिस आएको समेत सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

भोको पेट राखेर भन्दै बालेनले भनेका छन्- प्रधानमन्त्रीज्यु , भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !!’

बालेन र प्रधानमन्त्री ओलीबीच पछिल्लो लामो समयदेखि नै जुहारी चलिरहेको छ । बालेनले गिरिबन्धु टि-स्टेट जग्गा प्रकरणमा ओली दोषी रहेको बताउदै आएका छन् भने सरकारमा रहेर महानगरलाई सहयोग नगरेको आरोप समेत लगाउदै आएका छन् ।

उता बालेनको स्टाटस आए लगत्तै एमाले महासचिव शंकर पोखरेलले स्टाटसको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको महासचिव पोखरेलले लेखेका छन् । उनले किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ (काठमाडौं महानगर) जान मानिरहेका छैनन् ? भन्दै प्रश्न पनि गरेका छन् । उनले कार्यकारी अधिकृत जान नमानेको कुरामा बालेनको ध्यान नपुगेको भन्दै बालेनको ध्यानाकर्षण गर्न पनि खोजेका छन् ।

साथै उनले सरकारले विशेष व्यवस्था गरेर भएपनि महानगरमा अविलम्व कार्यकारी अधिकृत पठाउनुपर्ने बताउदै कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘काठमाडौँ महानगरको मेयर वालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिदैन । कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्दछ । कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्दछ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ११ : २४ बजे

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा