२० मंसिर २०८२, शनिबार | December 6, 2025

अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा



काठमाडौं । अस्ट्रेलिया जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ । अफगानिस्तानविरुद्धको खेल बर्षाले रद्ध भएर एक एक अंक बाँडेपछि अस्ट्रेलिया समुह बी बाट ३ खेलमा ४ अंक बटुल्दै सेमिफाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १२.५ ओभरमा एक विकेट गुमाउदै १०९ रन बनाएको अवस्थामा बर्षाले खेल अवरुद्ध भएको थियो ।

समुह बी मा अब दक्षिण अफ्रिका २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ भने अफगानिस्तानको ३ खेलमा ३ अंक रहेको छ । यस समुहको सेमिफाइनलमा पुग्ने दोस्रो टिमको निर्णय शनिबार हुने दक्षिण अफ्रिका र इङल्याण्डबीचको खेल पछि लाग्ने छ ।

इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरीइसकेकोले  दक्षिण अफ्रीका र अफगानिस्तान मध्ये एक देश सेमिफाइनलमा पुग्ने छन् । तर दक्षिण अफ्रिकाको रनरेट राम्रो रहेकाले इङल्याण्डसँग हार भएपनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै रहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ७ : २२ बजे

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी