९ भदौ २०८३, मंगलबार | August 26, 2026

आलु खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान



मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-२ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्दथ्यो । तर अहिले एक बिघा क्षेत्रफलको आलु उनी एक्लैले एकै दिनमा सकिसक्छन ।

लामो समय अर्म-पर्म गरेर आलु खेती गर्नुभएका मायारामले गत वर्षदेखि घरमै पावर टिलर(हाते ट्याक्टर) किनेर खेती गर्दै आएका छन । सामूहिक रूपमा आलु खेती गर्ने भएको हुँदा गत वर्ष कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा उनले पावर टिलर किनेको बताए ।

“स्वदेशमा नै कृषि गर्ने भनेर विदेशबाट फर्किएको थिए तर धेरै मानिस खोजेर काम गर्नु पर्दा निकै समस्या भएको थियो । तर अहिले पावर टिलरको सहायताले आलु रोप्नेदेखि निकाल्दासम्म सजिलो भएको छ । हप्ता दिनसम्म लाग्ने गरेको काम एक दुई दिनमै सकिन्छ,” उनले भने ।

नन्दपुर बहुउद्देश्यीय कृषक समूह मध्यविन्दु-२ को अध्यक्षसमेत रहेका मायारामले प्रविधिको सहायताले नै १५ बिघा जमिनमा सामूहिक आलु खेती गरिएको बताए । प्रविधिको सहयोगले गर्दा थोरै जनशक्तिबाट धेरै काम गर्न सकिने भएकाले आर्थिक बचतसमेत भएको किसान मायारामले बताए ।

“पहिले हामी आफैँ आलु लगाउने ड्याम बनाउने, गोडमेल गर्ने, आलु निकाल्ने गर्दथ्यौँ, धेरै मान्छे र समय लाग्दथ्यो,” उनले भने, “अहिले हाते ट्याक्टरको सहायताले सबै काम गर्दछौँ सहज भएको छ ।”

कृषि प्रविधिले खेती गर्न सहज भएपछि नन्दपुर बहुउद्देश्यीय कृषक समूहले आलु खेतीको क्षेत्रफल पनि विस्तार गरेको छ । सुरुमा दुई बिघा जमिनमा गरिएको आलु खेती अहिले १५ बिघा पु¥याइएको छ भने आगामी वर्ष २० बिघामा गर्ने योजना रहेको मायारामले जानकारी दिए ।

मध्यविन्दु-२ कै रमेश थनेत थारु पनि पछिल्लो समय प्रविधिका माध्यमबाट खेती गर्दै आएका छन । लामो समयसम्म कुटो कोदालोको प्रयोग गर्दै आएका रमेश प्रविधिको माध्यमबाट खेती गर्न सहज भएको बताउँछन । सबै काम श्रमबाट मात्र गर्दा समय बढी लाग्ने र मिहिनेत धेरै लाग्ने गरे पनि प्रविधिको सहयोगमा कम समयमै धेरै खेती गर्न सकिने उनी बताउँछन ।

“धान, तोरी, गहुँ खेतीमा कृषि यन्त्रको प्रयोग गर्ने गरिएको भए पनि आलु खेतीमा सबै काम मान्छेले नै गर्ने गरेका थियौ”, उनले भने, “अहिले आलु उत्पादन गर्न धेरै सहज भएको छ, थोरै मान्छेले धेरै खेती गर्न सकेका छौ ।”

मायाराम र रमेशजस्तै पछिल्लो समय जिल्लामा धेरै किसानले कृषि यन्त्र प्रयोग गरेर आलु खेती गर्दै आएका छन् । अन्न वालिमा मात्रै कृषि यन्त्रको प्रयोग हुँदै आएकोमा केही वर्षदेखि तरकारी खेतीमा पनि कृषि यन्त्रको प्रयोग बढेको हो ।

पछिल्लो समय पावर ट्रेलर, ट्याक्टर, मिनी ट्रेलर को सहायताले तरकारी खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख कुलप्रसाद तिवारीले बताए । कृषिमा आधुनिक प्रविधिका औजार भित्रिएसँगै धेरै किसानले सहजरूपमा कृषि उत्पादन गर्ने गरेको तिवारीको भनाइ छ । परम्परागत शैलीमा खेतीपाती गर्ने किसान पछिल्लो समय प्रविधितर्फ आकर्षित भएको उनले बताए ।

“जिल्लामा पछिल्लो समय तरकारी खेतीका लागि कृषि यन्त्रको प्रयोग बढेको छ । धेरै जसो किसानले कुटो कोदालोको सट्टा हाते ट्याक्टरको प्रयोग गर्दै आएका छन्”, उनले भने, “मानवीय श्रमको भरमा खेती गर्दै आएका किसान पछिल्लो समय प्रविधिमा जोडिएसँगै थोरै किसानले धेरै क्षेत्रफलमा खेती गर्न सक्ने भएको देखेका छौँ ।”

कृषि ज्ञान केन्द्रमार्फत कृषकलाई कृषि यन्त्रमा विभिन्न खाले अनुदान दिँदै आएको प्रमुख तिवारीले जानकारी दिए । परम्परागतरूपमा खेती गर्दै आएका किसानलाई पछिल्लो समय प्रविधिमैत्री बनाउँदै लगेपछि काममा सहजतासँगै उत्पादनसमेतमा राम्रो हुँदै गएको उनले बताए ।

“पहिले किसान परम्परागत रूपमा धेरै दिन र मेहनत लगाएर खेती गर्ने गरेका थिए, तर अहिले प्रविधिले गर्दा थोरै समयमा धेरै खेती गर्न सफल हुनुभएको छ”, उनले भने, “प्रविधिले गर्दा थोरै जनसङ्ख्याबाट पनि धेरै खेती गर्ने र उत्पादन लिन सकिने भएको छ ।”

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ७ : ५८ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त