२३ भदौ २०८३, मंगलबार | September 8, 2026

अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एकजनाको मृत्यु



बुटवल । रुपन्देहीको मायादेबी गाउँपालिकामा आज अज्ञात समूहको गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय राकेशसिंह लोधको गोलि प्रहारबाट ज्यान गएको हो ।

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय राकेशसिंह लोधको मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए । उनका अनुसार घरको बरन्डामा आज बिहान ८ः१५ बजे रगताम्मे अवस्थामा लोधको शव भेटिएको थियो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुग्दा लोधको मृत्यु भइसकेको अवस्थामा फेला परेको उनले बताए ।

स्थानीयले मध्यराती गोली चलेको आवाज सुनेको र मृतक लोधको टाउकोबाट रगत बगिरहेकाले गोली प्रहारबाटै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिने डीएसपी कार्कीले बताए । घटना बारे थप अनुसन्धान भईरहेको उनले बताए । कार्कीले आँखाको माथि निधार र कन्चटमा चोट लागेको देखिएको पुष्टि गरे ।

शव पोष्टमार्टमाका लागि भैरहवास्थित भीम अस्पताल पठाइएको छ । घरमा एक्लै बस्दै आएका लोध खेती किसानी र्ने गरेको र उनको घरायसी कारणले हत्या भएको हुन सक्ने स्थानीयले जानकारी दिएका छन ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ११ : ०१ बजे

जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब