२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्यो, पाँच जना घाइते



चितवन । बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदी किनारमा खस्दा पाँच जना घाइते भएका छन् ।

काठमाण्डौबाट बिरामी लिएर सर्लाही तर्फ आइरहेको ना.५ च. १०३३ नम्बरको एम्बुलेन्स पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ पानीधारामा मंगलबार बिहान ५:१५ बजे आफै अनियन्त्रित भई सडकबाट त्रिशूली नदी किनारमा खस्दा चालक सहित पाँच जना घाइते भएका हुन् ।

दुर्घटनामा एम्बुलेन्स चालक झापाको गौरीगन्ज गाउँपालिका १ का सरोज दाहाल,सर्लाही बरहथवा नगरपालिका २ का क्यान्सर बिरामी दिल मांया राना मगर सहित सोही स्थानका बाधे राना मगर, मेक कुमारी राना मग र नर बहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते मध्ये बाधे राना मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (प्रहरी उपरिक्षक) नान्तिराज गुरुङले जानकारी दिनुभयो । उनिहरुको उद्धार गरि उपचारका लागि भरतपुर पठाइएको प्रहरी प्रमुख गुरुङको भनाई छ ।

उहाँका अनुसार अस्थाई अस्थाई प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी सबै घाइतेलाई उपचारका लागि भरतपुर पठाएको हो । अहिले एम्बुलेन्स भने घटना स्थलमै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ८ : ३९ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात