७ बैशाख २०८३, सोमबार | April 20, 2026

एक्स्ट्राटेक ओवलको “ब्राण्ड एम्बेसडर” मा महिला क्रिकेटर पुजा र कविता नियुक्त



बुटवल । नेपाली महिला क्रिकेटकी राष्ट्रिय खेलाडी तथा यु-१९ कि कप्तान पुजा महतो र कविता कुवँर एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडर बनेका छन् ।

नीजि क्षेत्रबाट निर्मित अन्तराष्ट्रिय क्रिकेट मैदानले महतो र कुवँरलाई आगामी दुई वर्षका लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको हो । महतो र कुवँरसंग मैदानका संचालक विनोद कुवँरले आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधिन मैदानमा एक कार्यक्रमकावीच सम्झौता गरेका हुन ।

कार्यक्रममा एक्स्ट्राटेकका निर्देशक तथा सञ्चालक कुवँरले नेपाली महिला क्रिकेट खेलमा सानो भएपनि योगदान गर्ने र खेलाडीलाई खेलमा केन्द्रीत हुने वातावरण सिर्जना गर्ने उद्देश्यले महतो र कुवँरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए । उनले नेपाली महिला क्रिकेटको भविष्य उज्जवल रहेको र युवा खेलाडीहरुले नियमति रुपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाजोमा पुग्न सक्ने महसुस गर्दै सानो सहयोग गरेको बताएका छन् ।

निर्देशक कुवँरले खेलाडीहरुलाई खेल खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन र उनीहरुको हौसला बढाउन यस प्रकारको कामले प्रेरित गर्ने बताउदै खेलाडीलाई खेलमा ध्यान केन्द्रीत गर्ने अवस्था बनाउनु जरुरी रहेको धारणा राखेका थिए । उनले ब्राण्ड एम्वेसडरको सम्झौतालाई निरन्तरता दिन प्रतिवद्धता जनाउदै आगामी दिन थप अरु खेलाडीहरुलाई समेटेर लैजाने योजना रहेको बताएका छन् ।

कार्यक्रममा नेपाल क्रिकेट संघ(क्यान)का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर दुई नेपाली महिला खेलाडी एक्स्ट्राटेकको ब्रान्ड एम्बेसडर बनेको बताउदै यस प्रकारको सहयोगले खेलाडी र क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नीजि लगानीमा सबै सुविधायुक्त क्रिकेट मैदान निमार्ण गरि ऐतिहासिक काम गरेको अवस्थामा खेलाडीलाई लक्ष्ति गरि गरिएको अर्को कामले नेपाली क्रिकेटमा उत्साहा थपेको बताएका छन् ।

सो अवसरमा ब्राण्ड एम्वेसडर नियुक्त भएकि महिला क्रिकेट टिमकि सदस्य पुजा महतोले यु-१९ को टिम छनौटका लागि एक्स्ट्राटेक ओवल मैदानमा गरिएको क्लोज क्याम्प आफ्नो खेल जिवनको स्वर्ण क्षण भएको स्मरण गर्दै एम्वेसडर नियुक्तीले आफुलाई हौसला र खेलमा केन्द्रीत हुने अवस्था निमार्ण गरेको भन्दै खुशी व्यक्त गरिन ।

महतोले यसले आफुलाई धेरै हौसला प्रदान गर्नुका साथै आफ्नो खेल जीवनमा धेरै सहयोग पुग्ने बताइन । ‘एक्स्ट्राटेकसँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ’, महतोले भनिन । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले दुई महिला खेलाडीसंगको सम्झौताले क्रिकेटमा लाग्ने महिला खेलाडीलाई हौसला प्रदान गरेको बताएका थिए । कार्यक्रम सञ्चालन पत्रकार दिपेन्द्र कुवँरले गरेका थिए ।

एक्स्ट्राटेक ओवलले नेपालका लिजेन्ट क्रिकेट खेलाडी तथा पुरुष यु-१९ का राष्ट्रिय प्रशिक्षक शक्ति गौचनलाई यस अघि नै ब्राण्ड एम्वेसडर नियुक्त गरेको छ ।

 

 

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  २ : ५६ बजे

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित,

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत हटाइए, छानबिन सुरु

काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई

आरोप अस्वीकार गर्दै गृहमन्त्री गुरुङले भने – ‘छानबिनमा पार्टीलाई सघाउँछु ‘

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका सेयर लगानी, स्रोत

गृहमन्त्री गुरुङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांगेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरुङमाथि

बुटवलमा जितगढी विजयोत्सवको भव्य स्मरण (फोटो फिचर)

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जितगढी विजय