२९ चैत्र २०८२, आइतबार | April 12, 2026

राष्ट्रिय सुरक्षाका लागि शान्तिपूर्ण चिनियाँ पहललाई उच्च तहमा पुर्‍याउनुपर्छ : सी जिङपिङ



बेइजिङ । चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी जिङपिङले चीनको शान्तिपूर्ण पहललाई अझ उच्चस्तरमा प्रवर्द्धन गर्न प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।

बेइजिङमा सीपीसीको केन्द्रीय समितिको राजनीतिक व्यूरोको समुह अध्ययन सत्रको अध्यक्षता गर्दै महासचिव सी ले अझ शान्तिपूर्ण माध्यमबाट देशको शासनव्यवस्थालाई मजबुद बनाउनुपर्ने बताएका हुन् । सी चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन् ।

उनले चीनलाई अझ सुरक्षित बनाउन, समाजलाई अझ व्यवस्थित बनाउन, शासनलाई अझ प्रभावकारी बनाउन र जनतालाई अझ सन्तुष्ट बनाउन निरन्तर प्रयास गर्न केन्द्रीय समितिका नेताहरुलाई आह्वान गरे।

सीपीसी केन्द्रीय समितिले सन् २०१२ मा सम्पन्न १८औँ राष्ट्रिय कांग्रेसयता राष्ट्रिय सुरक्षामा नेतृत्व र प्रणालीलाई सुदृढ पार्ने निरन्तर प्रयास गरिरहेको छ । त्यसपछि चीनले द्रुत आर्थिक वृद्धिसँगै दीर्घकालीन सामाजिक स्थायित्वको दोहोरो चमत्कार प्राप्त गरेको सीले जनाए ।

‘राष्ट्रिय सुरक्षाका लागि शान्तिपूर्ण चिनियाँ पहललाई उच्च तहमा पुर्याउने प्रमुख दिशानिर्देश हो, जसलाई हामी दृढतापूर्वक पछ्याउनैपर्छ’ सीले थपे ।

पार्टी कमिटीहरू र सबै तहका सरकारले सुरक्षासम्बन्धी मुद्दाहरूलाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गरी देशको दीर्घकालीन स्थायित्वको लागि मजबुत आधार तयार गर्न काम गर्नुपर्नेमा उनले जोड दिए ।

शान्तिपूर्ण चिनियाँ पहल जनताका लागि हो र जनतामा नै आधारित छ भन्ने उल्लेख गर्दै उनले जनताको वैध अधिकार तथा हितको प्रभावकारी रूपमा रक्षा गर्न, साथै सामाजिक समानता र न्याय प्रवर्द्धन गर्न आग्रह गरे।

‘सबै प्रकारका जोखिम रोकथाम र न्यूनीकरण शान्तिपूर्ण चीन निर्माणको एक प्रमुख कार्य हो’ उनले भने। साथै, राष्ट्रिय राजनीतिक सुरक्षालाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।

सीले विपद् रोकथाम तथा न्यूनीकरण, साइबरस्पेस सुरक्षासहित कृत्रिम बौद्धिकतासम्बन्धी सुरक्षाजस्ता क्षेत्रहरूमा थप कार्यहरू सुदृढ गर्न र साथै प्रमुख क्षेत्रमा जोखिम न्यूनीकरणमा ध्यान केन्द्रित गर्न आह्वान गरे।

उनले अपराध रोकथाम तथा नियन्त्रणमा सुधार ल्याउन तथा जनगुनासो कानुनी प्रक्रियाबाट समाधान गर्न पनि जोड दिए।

त्यसैगरी, राष्ट्रिय सुरक्षा तथा न्यायिक, अभियोजन र सार्वजनिक सुरक्षा कार्यमा सीपीसी केन्द्रीय समितिको पूर्ण नेतृत्व कायम राख्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सामाजिक शासनको प्रभावकारिता बढाउन आधुनिक प्रविधिहरूको उपयोग गर्नुपर्ने बताए।

समूह अध्ययन सत्रका क्रममा साउथवेस्ट पोलिटिकल साइन्स एण्ड ल विश्वविद्यालयकी उपाध्यक्ष एवं प्राध्यापक ली यानले शान्तिपूर्ण चीन पहललाई अघि बढाउनेसम्बन्धमा सुझावहरू प्रस्तुत गरेकी थिइन ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ९ : ४१ बजे

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ