६ श्रावण २०८३, बुधबार | July 22, 2026

बालबिवाह गराई नाबालिगमाथि करणी गर्नलगाएर फरार भएका २ जना ६ वर्षपछि पक्राउ



अर्घाखाँची । १४ वर्षिषा बालिकालाई जबरजस्ती बालबिवाह गराई करणी समेत गर्न सघाएको अपराध पुष्टी भएका २ जनालाई घटना भएको ६ वर्ष पछि पक्राउ गरिएको छ । अर्घाखाँचीमा २०७४ चैत्रमा १४ वर्षिया बालिकाको जबर्जस्ती बिबाह गराई बालिकामाथि करणी गर्न लगाएको कसुरमा मतियारको सजाँय सुनाइएका ३ जनालाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार प्यूठान झिमरुक गाउँपालिका वडा न. १ बस्ने २९ वर्षिया बसन्ता के.सी र सोही स्थानकी २७ वर्षिया रेखा के.सीले १४ वर्षिया बालिकालाई विभिन्न प्रलोभन देखाई अर्घाखाँची साविक गोखुङ्गा गा.वि.स. वडा नं. ०३ हाल मालारानी गाउँपालीका वडा नं. ९ का नाताले आफ्नो दाई पर्ने लोकेन्द्र भुषालसंग रागामारे मन्दिरमा पीडितको सिउँदोमा सिन्दुर हालिदिई वाल विवाह गराइदिएका थिए ।

बालिकालाई दुलही बनाई घर भित्राएपछी भुषालले वालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भुसालले ६ बर्ष कैद र ५ लाख जरिवाना र वालविवाह मुद्दामा २ बर्ष २ महिना कैद गरी जम्मा ८ बर्ष २ महिना कैद कैद भुक्तान गरिरहे पनि रेखा र बसन्ता भने फरार रहँदै आएका थिए ।

जिल्ला अदालत अर्घाखाँचीबाट बालबिबाह र बालिकामाथि करणी गर्न सघाएको भन्दै मतियारकारुपमा सजाँय सुनाए लगत्तै रेखा र बसन्ता फरार भएको प्रहरीले जनाएको छ । अदालतबाट दुबैजनालाई २ २ महिना कैदको सजाँय सुनाएको थियो । पक्राउ परेकाहरुलाई कैद भुक्तानका लागि कारगार चलान गरिएको अर्घाखाँची प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : १४ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज