६ श्रावण २०८३, बुधबार | July 22, 2026

वित्तीय सचेतना जारी गर्दै राष्ट्र बैंक: नाबालकको नाममा खाता खोल्न मिल्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बालबालिकाको नाममा बैंक खाता खोल्न मिल्ने बताएको छ । बैंकले आज वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै बैंक खाता खोल्न उमेरको सीमा नहुने स्पष्ट पारेको हो।

बैंकका अनुसार ‘सानै उमेरदेखि बालबालिकालाई बैंक खातासँग परिचित गराउँदै उनीहरुको वित्तीय चेतना अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसालौँ’, जारी सुचनामा भनेको छ।

सानै उमेरदेखि बालबालिकालाई बचतको महत्व बुझाउन तथा अभिभावकले आफ्ना बालबालिकाको भविष्यका लागि वित्तीय योजना तयार गर्न उनीहरुको नाममा नै बैंक खाता खोल्न सकिने केन्द्रीय बैंकले जनाएको छ। ‘जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रको आधारमा कुनै पनि बैंक वा वित्तीय संस्थामा यस्तो खाता खोल्न सकिन्छ’, सूचनामा भनिएको छ, ‘यसरी नाबालकको खाता खोल्दा ऊ कानुनी रुपमा बालिग नभएसम्म खाता सञ्चालनको अख्तियारी नाबालकको अभिभावक वा संरक्षकमा रहन्छ ।’

नाबालक बालिग भएसँगै बैंक वा वित्तीय संस्थामा गई आधिकारिक हस्ताक्षरलगायत अन्य विवरण अद्यावधिक गराएपश्चात् खाता सञ्चालनको अख्तियारी हस्तान्तरण हुने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १२ : ५९ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय