२६ आश्विन २०८३, सोमबार | October 12, 2026

अब एटीएममै पाइन्छ १०० का नोट



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय रुपैयाँका नोट पनि राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार विज्ञप्तिमार्फत सबै वाणिज्य बैंकलाई अनिवार्य रूपमा एटिएममा एक सय रुपैयाँको नोट राख्न भनेको हो ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग आन्तरिक प्रशासन फाँटले नेपाल बैंकर्स संघलाई पठाएको पत्रमा  बैंक तथा वित्तीय संस्थाहरुले हाल एटिएम मेसिनहरुवाट १,००० र ५०० दरका नोटहरु मात्र वितरण गर्दै आइरहेकोमा ग्राहकहरुले १०० दरका नोटहरु पनि वितरण गर्नुपर्ने माग गरेको र दशैंलाई लक्षित गरेर यस्तो निर्णय भएको उल्लेख गरेको छ ।

‘नजिकिँदै गरेको महान् चाड बडादशैको उपलक्ष्यमा १०० दरका नोटहरु पनि एटिएम मेसिनहरूबाट वितरण गर्न सकिएमा बैंक तथा वित्तीय संस्थाहरुमा पनि साना दरका नोट साट्‌ने ग्राहकहरुको भीड उल्लेख्य रुपमा कम हुने आँकलन गरिएको हुँदा यस सम्बन्धमा केही बैंकहरुसँग मौखिक जानकारी लिँदा प्राविधिक रुपमा सो व्यवस्था गर्न सकिने समेत जानकारी प्राप्त भएकोले आमसर्वसाधारण ग्राहकहरुको सुविधा एवं चाडपर्वको समयमा बैंकहरुमा हुने भीड व्यवस्थापनलाई ध्यानमा राखी १०० दरका नोटहरु पनि वितरण गर्ने व्यवस्था मिलाई सहयोग गरिदिनुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  १ : ११ बजे

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा