५ श्रावण २०८३, मंगलबार | July 21, 2026

ईलाका प्रहरी कार्यालय बुटवलका ११ प्रहरीलाई कोरोना संक्रमण



बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि उनीको कन्ट्याक्ट ट्रसिङका आधारमा पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि १० ईलाका प्रहरीबाट मुख्यमन्त्रीको स्कर्टीङमा हिंड्ने ४ प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो । गएराति अबेर आएको रिपोर्ट अनुसार ११ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले बताए ।

स्वाब संकलन गरेर पठाइएकामध्ये १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको र अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलमा प्रहरीलाई धमाधम संक्रमण पुष्टि भएसँगै ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले मोबाईल उठाउन छाडेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  १० : ०८ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको