६ श्रावण २०८३, बुधबार | July 22, 2026

परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयोः परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकहरुको उद्धार (रेस्क्यु) गर्ने जस्तो मात्र भएको बताएकी छिन् ।

नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले भैरहवामा आयोजना गरेको प्रशिक्षणमा उनले भनिन, “अहिले विदेशमा नेपालीहरु यतिधेरै समस्यामा परिरहेका छन् कि परराष्ट्र मन्त्रालयको काम त यसो हेर्दा उनीहरुको उद्धार गर्नेजस्तो मात्र भएको छ ।”

मन्त्री डा राणाले सीमित स्रोत, साधन र जनशक्तिका कारण संसारमा रहेका नेपालीको उद्धारको काम निकै कठिन भएको जानकारी दिइन। अहिले संसारका ४० देशमा मात्र नेपाली राजदूताबास रहेका तर नेपालीहरु भने एक सयभन्दा बढी देशमा पुगेका बताउँदै मन्त्री डा देउवाले नेपालीहरु कहाँ र कसरी पुगेका छन् भन्ने बारेको सूचना मन्त्रालयलाई थाहा नहुने र कसैलाई समस्या परेर उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने गरेको बताइन।

बंगलादेशको उदाहरण दिँदै उने भनिन, “जस्तो कि बंगलादेशमा मेडिकल पढ्न गएका विद्यार्थीलाई समस्या परेपछि मात्र त्यहाँ कति विद्यार्थी छन् भन्ने कुरा थाहा भयो । तर मिडियामा भने उनीहरुलाई एक दुई दिनमै नेपाल ल्याइहाल्नुपर्यो भन्नेजस्तो गरेर समाचार आउँछ । त्यसबेला पनि ढाकाको दूताबासमा रहेको सीमित जनशक्तिले समन्वय गर्यो । यस्तै अवस्था अन्यत्र पनि छन्, तर हामी जसोतसो काम गरिरहेकै छौँ ।”

उनले मध्यपूर्वी देशहरुमा घरेलु कामदारका रुपमा जान महिलालाई नेपालले प्रतिबन्ध लगाएको भए पनि अवैधानिक बाटोबाटै हजारौँ महिला ती देशमा पुगिरहेका जानकारी गराउँदै पछि यदि उनीहरु समस्यामा परे भने उद्धारका लागि निकै अप्ठेरो पर्न सक्ने पनि बताइन ।

मन्त्री डा देउवाले त्यसैले परराष्ट्र मन्त्रालयले संसारका नेपाली डायस्पोरालाई कन्सुलर सेवा उपलब्ध गराउन तथा परम्परागत कूटनीतिभन्दा माथि उठेर नेपालको परराष्ट्र सम्बन्धलाई थप विस्तारित गर्न ओएनएम गरेर थप दरबन्दी सिर्जना गरेको र यसबाट आगामी दिनमा केही सहज हुने उनले स्पष्ट गरिन।

नेपाली मिसन नरहेका तर नेपालीहरुको संख्या धेरै रहेका स्थानहरु जस्तै अमेरिकाका टेक्सास र सान्फ्रान्सिस्को तथा युएइको दुबईमा महावाणिज्यदूताबास नै स्थापना गरिएको उनले जानकारी गराइन। मन्त्री डा राणाले अहिले अमेरिकाले वैदेशिक सहयोग राकेजस्तै गरी अन्यत्रबाट पनि त्यस्तो समाचार नआउला भन्न नसकिने बताउँदै अब देशको विकास आफैँ गर्ने र युवाहरुलाई स्वदेशमै रोजगारीमा लगाउने विषयमा कांग्रेसले गाउँगाउँमा अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइन ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ५ : २८ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना