२३ भदौ २०८३, मंगलबार | September 9, 2026

अस्ट्रेलियालाई पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश



काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो ।

अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । त्यस्तै श्रेयस अय्यरले ४५, केएल राहुल ४२ रनको योगदान दिए ।

अस्ट्रेलियाका नेथन एलिस र एडम जाम्पाले दुई दुई विकेट लिँदा बेन ड्‍वारसुइस र कूपर कोनोलीको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६४ रन बनाएको थियो । उनका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाएपनि जितका लागि पर्याप्त भएन् । त्यस्तै एलेक्स क्यारीले ६१ रन बनाउँदा ट्राभिस हेडले ३९ र मार्नस लबुशेनले २९ रनको योगदान गरे ।

भारतका लागि मोहम्मद शामीले तीन विकेट लिए । त्यस्तै बरुण चक्रवर्ती र रविन्द्र जडेजाले दुई दुई विकेट लिँदा हार्दिक पाण्ड्या र अक्षर पटेलको नाममा एक एक विकेट रह्यो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : ४४ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी