३ श्रावण २०८३, आइतबार | July 19, 2026

बजेट निर्माणबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल



काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा-छुट्टै छलफल गरेको छ ।

छलफलका क्रममा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नु पर्ने कार्यक्रम, स्थगित गर्नु पर्ने कार्यक्रम, हटाउनु पर्ने कार्यक्रम र नयाँ कार्यक्रमबारे तयारी गरी अघि बढ्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रम, आधारभूत अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरुको दायित्व, स्वास्थ्य क्षेत्रको जनशक्ति लगायतका विषयमा समीक्षा गरी तिनीहरुलाई प्रभावकारी बनाउने गरी कार्यक्रम बनाउन अनुरोध गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा राज्य र निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्न जरुरी रहेको बताए । उनले बीमा कार्यक्रमलाई दीर्घकालीन बनाउने गरी कार्यान्वयन गर्न उपयुक्त हुने धारणा व्यक्त गरे ।

उद्योग मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले नीतिगत विषयहरुलाई सम्बोधन गर्न र उद्योग तथा व्यापारिक क्षेत्रमा सहज हुने वातावरण सिर्जना गर्न आग्रह गरे । उनले रोजगारी सिर्जना, उत्पादनमा वृद्धि र देशमा कसरी औद्योगीकरण गर्ने सकिन्छ, त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

उद्योग मन्त्री दामोदर भण्डारीले नीतिगत रुपमा सुधार गर्दै तिनीहरुको कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।  राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले कार्यान्वयन क्षमता कमजोर हुने र परिणाम दिन नसक्ने प्रवृतिमा सुधार गर्नु पर्ने बताए ।

छलफलमा अर्थ सचिव, राजस्व सचिव, स्वास्थ्य तथा जनसंख्या सचिव, उद्योग सचिव, विभागीय प्रमुख लगायतको उपस्थिति थियो । यस अघि अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्षको बजेटबारे भौतिक, शहरी र उर्जा मन्त्रालयसँग छलफल गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : ५० बजे

१५ वर्षदेखि सिंहदरबारमा रोकिएको तुलसी घिमिरेको मानार्थ नागरिकता

काठमाडौं। वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्ने

राजमार्ग कब्जा गरेर बसपार्क : जिल्ला प्रहरी कार्यालयकै प्रवेशद्वारमा ट्राफिक अस्तब्यस्त

नेपालगन्ज । नेपालगन्जबाट बर्दिया हुँदै सुदूरपश्चिम प्रदेश जाने सवारी साधनहरुले

सांसद खुस्बु ओलीलाई फेसबुकबाट धम्की दिएको आरोपमा बुटवलका व्यवसायीसहित दुई पक्राउ

काठमाडौं । बुटवल घर भई नारायणगढमा व्यवसाय सञ्चालन गर्दै आएका

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने

काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई

तापक्रम वृद्धिसँगै आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम । तापक्रम वृद्धिभएसँगै जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या