४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाली चलचित्र द्रौपदीको प्रचार प्रसारका लागि निर्माण पक्ष देश दौडाहामा



बुटवल । आउदो चैत ८ गतेदेखि प्रदर्शनमा आउन थालेको नेपाली चलचित्र द्रौपदीको प्रचार प्रसारका लागि निर्माण पक्ष देश दौडाहामा निस्किएको छ । नेपाली ग्रामिण भेग डोल्पाको परिभेषलाई देखाउन खोजिएको चलचित्रले समसामयिक विषयवस्तुलाई समेटेको निर्माण पक्षको दावी छ ।

शुक्रबार टेलर सार्वजनिक भएको चलचित्र द्रोपदी एक नेपाली ग्रामिण बस्तीको कथा भएको र ग्रामिण समुदायले भोग्नु परेका अफ्ठाराहरुलाई चित्रण गरेको बताइएको छ । चैत ८ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको द्रौपदीको निर्माण टिम प्रचार प्रसारमा शुक्रबार बुटवलमा आएको हो । ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र डोल्पाको से फोक्सुन्डोलगायत विभिन्न रमणीयस्थलहरूमा छायांकन भएको चलचित्रका निर्देशक तथा कलाकार प्रकाश ज्ञवालीले जानकारी दिए । बहुप्रतिक्षित चार वर्ष लगाएर बनाएको कन्टेनमा फिल्म निर्माण भएको ज्ञवालीको भनाइ छ ।

‘चलचित्रको नाम द्रौपद्री नाम धार्मिक सुनिए पनि यो महाभारतको पात्र नभई हाम्रो गाउँ र परिवेशकै एक महिला पात्रको कथा हो ।, उनले भने- यसमा हाम्रो कथासँगै हाम्रै रमणीय र पर्यटकीयस्थललाई देख्न पाउनुहुनेछ ।’ चलचित्रले नेपालीपन भएको आभास गराउने ‘द्रौपदी’ एक पृथक र नयाँ रहेको बताए । महिला संबेदनामा बनेको देखिने चलचित्रले एक अर्गानिक अनि गम्भीर बिषय उठाएको संकेत गरेको छ । अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी सामाजिक कथामा निर्माण भएको फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको अभिनय छ । फिल्मका सबै नयाँ कलाकार हुन् । आरवी मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा सौरभ शर्मा बस्यालले पाश्र्वसङ्गीत, अनिल महर्जनले सम्भायन र मोहनकुमार झिल्लुले छायाकंन गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : १८ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता