९ श्रावण २०८३, शनिबार | July 26, 2026

बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



बुटवल । बुटवल सोसल ग्रुपले बुटवलमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन गरेको छ । स्वास्थ्य नै धन हो भन्ने उद्देश्य सहित बुटवल उपमहानगरपालिका वडा नं। १ मा आयोजना गरिएको शिविरमा २ सय ५६ जनाले स्वास्थ्य चेकजाँच तथा निःशुल्क औषधी वितरण गरिएको थियो ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा आयोजना गरिएको शिविरमा स्त्रीरोग, नाक, कान, घाँटी, हाडजोर्नी तथा नसारोग विशृषज्ञका साथै फिजिसियनले चेकजाँच गरेका थिए ।

शिविरमा बोल्दै बुटबल उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले स्वास्थ्य शिबिरले घर घरमा रहेका वृद्ध आमाबुवाहरूलाई उपचार गराउन ठुलो सहयोग पुगेको बताए । अस्पताल जान नसक्ने आथिक स्थिति कमजोर भएका बिरामीहरूका लागि निःशुल्क स्वास्थ्य शिबिर फलदायी भएको उनको भनाई छ ।

डा। दिनेश शाक्यले समय समयमा गरिने शिबिरहरूले बिरामीको उपचारमा सहयोग मिल्ने बताए । बुटवल सोसल ग्रुपमा अध्यक्ष भोज बहादुर थापाले स्वास्थ्य शिविरले धेरै बिरामीहरूलाई राहत पुगेको बताए ।

सोसल ग्रुपले पछिल्लो समय स्वास्थ्य सेवा लिन नसकेका, आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नसकेका बालबालिकाहरूलाई कपडा, कापिकलम वितरण, हरियाली बुटवल बनाउन वृक्षारोपण खाद्यान्न अभाव भएकालाई खाद्यान्न वितरण गदै आएको अध्यक्ष थापाको भनाई छ ।

बुटवल उपमहानगरपालिका बडा नम्बर १ का वडा सदस्य अशोक राईले निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेर धेरैलाई उपचार र औषधी वितरण गरेर पुण्य काम भएको बताए । वडाका धेरै मानिसहरू स्वास्थ्य शिविरबाट लाभान्वित भएको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : ०६ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको