१६ पुस २०८२, बुधबार | December 31, 2025

एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौंमा



काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसीप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने ‘लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन’ कार्यक्रमअन्तर्गत उक्त टोली सोमबार नेपाल आएको हो । नेपाल भ्रमणमा आएका चिनियाँ फोटोग्राफरको टोलीलाई स्वागत गरिएको छ ।

टोलीलाई सांसद उर्मिला माझी, नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले स्वागत गर्दै चिनियाँ फोटोग्राफरको आगमनले नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । सो अवसरमा स्वागत कार्यक्रममा साङ्गीतिक समूह सुकर्मले आफ्नो प्रस्तुति दिएको थियो ।

नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रम गरिएको जनाइएको छ । कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धनका लागि एक महत्त्वपूर्ण अवसर हुने फोरमका संयोजक डा कल्याणराज शर्माले जानकारी दिए ।

चिनियाँ फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिकस्थलको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवर्द्धन गर्नेछन् । उनीहरूले फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रङ्गमय नेपालको फोटो खिच्ने राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, जीवनशैली तथा परम्परागत सम्पदालाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने छन् । नेपाल-चीन सम्बन्धलाई सुदृढ बनाउन तथा नेपाल पर्यटनलाई नयाँ उचाइमा पुर्याउन यस्ता कार्यक्रमले विशेष योगदान पुर्याउने विश्वास लिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : ५३ बजे

नेपाली महावाणिज्यदूत र सिजाङ अध्यागमनका महानिर्देशकको भेट

काठमाडौं । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ (तिब्बत)

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय मेलमिलाप आवश्यक : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व