३ पुस २०८२, बिहिबार | December 18, 2025

ज्ञानेन्द्र शाहीको बिष्णु रिमाललाई अर्को कटाक्ष- वडा अध्यक्षको तयारी गर्नुस् !



काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाललाई अर्को चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै शाहीले प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारीको लागि तयार हुन र रिमाललाई वडा अध्यक्षको तयारी गर्न कटाक्ष गरेका हुन् ।

उनले भनेका छन् –

आदरणीय भनौ भने कसरी भनौँ तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको  स्याल हुयाँ दिन बन्द गर्नुहोस ।अर्को कुरा जुन लोकतन्त्रको कुरा गरिराख्नुभएको छ के प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताले चुनेका हुन् ? के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन् ? । लोकतन्त्र त तपाईँहरू जस्ता अलोकतान्त्रिक व्यक्तिहरुलाई लुटी खाने भाँडो भयो l लुटतन्त्र मच्चाउने धन्दा भयो। यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस् । र तपाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस् ।

यस अघि सोमबार शाहीले आइतबार पूर्वराजाको स्वागतमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बीर प्रधानमन्त्री ओलीको निर्देशनमा रिमालले राख्न लगाएको आरोप लगाएका थिए । शाहीको आरोपको जवाफ दिदै रिमालले उनलाई ‘नालायक’ भनेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ९ : २६ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको