१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन



काठमाडौँ । सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ।

वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख निर्वाचन आयुक्त रहेको समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहेका छन् ।

नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गरेका  वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्रयाटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका  अवकाश प्राप्त मेजर डमर घले  एनआरएनए युकेका पूर्व अध्यक्ष हुन् ।  बेलायतमा बसोबास गर्ने उनले  हाल पोखरामा आफ्नै होटेल व्यवसाय  सञ्चालन गरिरहेका छन् ।

त्यस्तै अधिवक्ता आशिष उप्रेती  युवा  कानुन व्यवसायी हुन् । लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली सङ्घलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरूप परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आउँदो मे ३(५, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको  हो ।  ुसंस्थाको  लोकतान्त्रीकरण तथा सम्पूर्ण सदस्यहरूलाई अधिकार सम्पन्न गर्ने गरी  निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गराउन यो निर्वाचन समितिलाई सहयोग गर्न पनि हामी सम्पूर्ण मित्रहरूलाई आग्रह गर्दछौँ ।,ू उच्चस्तरीय समितिका अध्यक्ष डा शेष घलेले भने ।

उच्चस्तरीय समितिले यही ३१ मार्च २०२५ भित्र https://nrnahlc.com/membership-registration/  मा गएर नयाँ सदस्यताको लागि आवेदन दिन  वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरेको छ।  समितिले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरूले काठमाडौँमा उपस्थित भएर तोकिएको शुल्क तिरी डेलिगेट्स बन्न पाउने व्यवस्था गरिएको पनि जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ३ : ३५ बजे

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा

सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड

काठमाडौं । मुलुकको कूल बेरुजु रकम रु सात खर्बमाथि पुगेको

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत