२२ माघ २०८२, बिहिबार | February 5, 2026

चिनियाँ कलाकारद्धारा लुम्बिनी विकास कोषमा भेटघाट



लुम्बिनी । चिनियाँ कलाकारहरुले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने बिषयमा लुम्बिनी विकास कोषमा भेटघाट तथा छलफल गरेका छन् । ‘म कहिल्यै नमरि जीउन चाहन्छु’ नामक चलचित्रको एकतिहाई भाग बुद्धजन्मस्थल लुम्बिनीमा सुटिङ गर्ने योजना रहेको भन्दै निर्माता तथा कलाकारहरुले आईतबार लुम्बिनीमा छलफल गरेका हुन् ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बुद्ध र लुम्बिनीको सकरात्मक रुपमा प्रचार गर्ने गरी चलचित्र निर्माण हुने कुराले खुशी तुल्याएको बताए । उनले चलचित्रले चीनका नागरिकहरुमा बुद्ध र लुम्बिनीका बारेमा सकरात्मक प्रभाव पार्ने भन्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिए । उनले लुम्बिनीमा चलचित्रको छायांकनका लागि कानुनले दिएका बिषयमा सक्दो सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाए ।

छलफलमा कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले भगवान बुद्धले लुम्बिनी भ्रमण गर्दा पनि जीवनमा भएका पापहरु क्षम्य हुने भनी बौद्धशास्त्रमा लेखेको उल्लेख गर्दै बुद्धको सन्देशलाई सहि रुपमा चलचित्रले उठान गर्न सुझाव दिए । लुम्बिनीमा शाक्यमुनी बुद्ध र कपिलबस्तुमा कक्रुछन्द र कनकमणि बुद्धको जन्म भएकाले ती क्षेत्र र बृहत्तर लुम्बिनीलाई पनि समेटेर छायाँकन गर्दा अझ प्रभावकारी हुने उनले बताए ।

छलफलमा चलचित्रका निर्माता चाउ डिफिङले आफूहरु अहिले प्रारम्भिक जानकारी लिन मात्रै आएको बताउँदै चिनियाँ दुतावास हुँदै लुम्बिनीमा छायांकनका लागि आउने बताए । उनले आफूहरुले बुद्धको जीवनको सन्देशलाई चलचित्रमा उतार्न खोजेको बताउँदै त्यसैका लागि यहाँ आएर छायांकन गर्ने योजना रहेको सुनाए । निर्माता चाउसँगै छायांकार डेङ्ग छुङमिन सहितको टिम लुम्बिनी आएको थियो । उनीहरुले चिनबाट चलचित्र छायांकन गरी लुम्बिनीमा सकाउने योजना रहेको चिनियाँ कलाकारहरुको टोलीका सहजकर्ता डा. सागर न्यौपानेले बताए । चिनियाँ कलाकारहरु यहाँ आएर चलचित्र बनाउँदा लुम्बिनीको प्रवद्र्धनमा टेवा पुग्ने उनको पनि विश्वास छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १० : १८ बजे

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल