११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

भारतमा कोरोनाबाट ३७ लाख भन्दा बढी सङ्क्रमित



नयाँदिल्ली । कोरोनाभाइरसबाट भारतमा ३७ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

भारतीय अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबारसम्म सङ्क्रमितको कुल संख्या ३७ लाख ६९ हजार ५२३ पुगेको छ ।

तीमध्ये ७८ हजार ३५७ जना पछिल्लो एकैदिनमा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यस्तै भारतमा कुल सङ्क्रमितमध्ये झण्डै २९ लाख अर्थात् ७६.९८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमण मुक्त भएका छन् ।

अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण ६६ हजार ३३३ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
भारतमा अहिले पनि आठ लाख एक हजार २८२ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ४ : ५४ बजे

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस : पृथ्वी राजमार्ग बस सञ्चालक समिति

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना

धादिङ बस दुर्घटना अपडेट : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी

कालीगण्डकी लोकमार्ग : लमाएखोलामा दुईवर्षमा सम्पन्न हुनुपर्ने पुल आठ वर्षपछि सम्पन्न

पर्वत । उत्तर-दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत

बुटवलमा वडाध्यक्षसहित ५५ जना युवाहरु एमालेमा समाहित, विष्णु पौडेलले गरे स्वागत

बुटवल । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवा नेकपा एमालेमा