२१ आश्विन २०८३, बुधबार | October 7, 2026

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता



काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति बैठकले नवराज सुबेदी नेतृत्वको राजावादी सचिवालयलाइ मान्यता दिएको छ ।  आज साँझ बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सुबेदी नेतृत्वको समितिलाइ मान्यता दिदैँ पार्टी प्रतिनिधित्व गराउने निर्णयसम्म गरेको छ ।

‘राजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसका अवसरमा गत २०८१ साल फागुन ७ गते राष्ट्रको नाममा भएको सम्बोधनको भावनालाई आत्मसात गर्दै सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी तथा भ्रष्टाचारको अन्त्य जस्ता मुख्य एजेण्डा बोकेर नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएको प्रति खुसी व्यक्त गर्दै सो जनआन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने बैठक निर्णय गर्दछ’ बैठकको निर्णयमा भनिएको छ, ‘नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिमा राप्रपा नेपालको तर्फबाट उपाध्यक्ष तारानाथ लुईटेलले प्रतिनिधित्व गर्नु हुनेछ ।’

विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन, सनातन हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न, संघीयता खारेज गर्न तथा सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न समान विचारधारा भएका सबै राजनीतक दल र समुहका बिच एकता र सहकार्य कायम गरी संयुक्त जनआन्दोलनमा जानुपर्छ भन्ने राप्रपा नेपालको दृढ धारणा रहँदै आएको जनाएको छ ।

‘कुनै एक राजनीतिक दल वा समुहको प्रयासबाट मात्र यो लक्ष्य प्राप्त हुन सक्दैन भन्ने वारे हामी सचेत छौँ । विगत दुई वर्षदेखि त्यस्तो एकता र सहकार्यको वातावरण तयार गर्न राप्रपा नेपालले निरन्तर प्रयास गर्दै आएको छ,’ राप्रपाले भनेको छ ।

सुबेदी नेतृत्वको समितिले निकट भविष्यमा आयोजना गर्ने आन्दोलनका सबै कार्यक्रमहरूमा तन मन र धनले सहभागी हुन राप्रपा नेपालका सबैतहका निकाय र भातृसंगठनहरूलाई राप्रपा नेपाल आह्वानसमेत गरेको छ ।

राष्ट्रिय सहमति हुने हो भने वर्तमान संविधान कै परिधि भित्रबाट नै सनातन हिन्दु अधिराज्यको मान्यतामा आधारित राज्य व्यवस्था कायम गर्न सकिने उसको दावी रहेको छ ।

राप्रपाले छुट्टै आन्दोलन गर्ने
उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्था फर्काउनको लागि छुट्टै आन्दोलन गर्ने निर्णय गरेको छ। मंगलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले छुट्टै आन्दोलन गर्ने निर्णय गरेको हो ।

आन्दोलनको कार्यक्रम तय गर्नका लागि चैत १२ गते राप्रपाको मूल आयोजक समितिको बैठक बोलाइएको छ। सोही बैठकले आन्दोलन कार्यक्रम घोषणा गर्ने राप्रपाले जनाएको छ। चैत १२ गतेको बैठकमा धवलशमशेर राणा नेतृत्वको आन्दोलन परिचालन समितिले आन्दोलन सम्बन्धी कार्ययोजना पेस गर्नेछ।

नवराज नेतृत्वको सचिवालयमा आफुलाई नसोधी नियुक्त गरिएको भन्दै यसअघि नै लिङ्देनले सो समितिमा नबस्ने बताइसकेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ६ : ५७ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम । हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ

उपसभापतिका उम्मेदवार देवराज चालिसेले पनि लिए उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा

दीर्घकालीन महत्वका निर्णय नगर्न गण्डकी सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन

कांग्रेस महाधिवेशन : सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि सभापति पदमा

पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाराजगञ्जस्थित निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान