१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

बुटवलमा शुक्रबारदेखि दोस्रो लुम्बिनी मिडिया सम्मेलन-२०८१ हुने



बुटवल । बुटवलमा शुक्रबारदेखि दोस्रो लुम्बिनी मिडिया सम्मेलन २०८१ हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा दुई दिने दोस्रो लुम्बिनी मिडिया सम्मेलन २०८१ हुन लागेको हो ।

चैत ८ र ९ गते २ दुई आयोजना हुने सम्मेलनमा पत्रकारिताका वरिष्ठ व्यक्ति र विज्ञहरु सहभागी गराएर सञ्चार माध्यमहरुका समस्या र चुनौती बारे बृहत अन्तरक्रिया, अवसर र सम्भावनाको खोजी गर्ने लक्ष्य राखिएको छ । सम्मेलनलाई सातवटा सत्रमा विभाजन गरी विभिन्न विषयमा अन्तरक्रिया गरिने अध्यक्ष नवराज कुँवरले जानकारी दिए । उनका अनुसार सम्मेलनको सुरुमा उदघाटन सत्र हुने छ भने त्यसलगत्तै दोस्रो सत्रमा “परम्परागत मिडियाः आजको अवस्था, भोलिको बाटो” विषयमा छलफल गरिने छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका रामेश्वर थापाले प्रस्तुती राख्नेछन् ।

त्यस्तै छापा माध्यम, किन र कसका लागि ? भन्ने विषयमा छलफल हुने छ । जसमा आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल र सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठीको प्रस्तुती रहने छ । सम्मेलनमा ‘के अनलाइन पत्रकारिता सधैका लागि हो ?’ भन्ने विषयमा छलफलका लागि अनलाइन खवरका धर्मराज भुसाल र बाह्रखरी मिडियाका प्रतिक प्रधानले प्रस्तुती राख्ने कार्यतालिका रहेको छ । यसैगरी ‘किन फस्टाउन सकेन विज्ञापन बजार ?’ भन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रस्तुती रहने छ ।

सम्मेलनमा ‘अनेक संस्थाः नियमन कि नियन्त्रण ?’ भन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का र गीत संगीत रोयल्टी संकलन समाजका सुरेश अधिकारीले प्रस्तुती राख्ने छन् भने सम्मेलनको सातौं सत्रमा “सम्बन्धः पत्रकार र पत्रकार महासंघकोः के भयो ? के हुँदैछ ?” भन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, पुर्व अध्यक्ष विपुल पोखरेल र दैनिक लुम्बिनीका सम्पादक शेरबहादुर केसीको प्रस्तुती रहने छ ।

विज्ञहरुका प्रस्तुतीपछि संक्षिप्त प्रश्नोत्तर समेत गरिने अध्यक्ष कुँवरले जानकारी दिए । उनले मिडिया सम्मेलनले सञ्चारमाध्यमहरुको विद्यमान अवस्था, अव गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने गरी सम्मेलनले ठोस कार्ययोजना बनाउने बताए । संघका उपाध्यक्ष विष्णु भुसालले यो सम्मेलन मिडियाको भविष्यका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

मिडिया सम्मेलनले सञ्चारमाध्यमले आगामी दिनमा तय गर्नुपर्ने विषयवस्तुबारे स्पष्ट मार्गनिर्देश गर्ने अपेक्षा गरिएको संघका सचिव माधव नेपालले बताए । उनले सम्मेलनमा रेडियोहरुको विषयमा छुट्टै प्रस्तुती नराखिए पनि सहभागी विज्ञहरु नै रेडियो सञ्चालक समेत भएकाले एफएम रेडियोका समस्या पनि उजागर हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १० : २१ बजे

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति