२४ भदौ २०८३, बुधबार | September 10, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक एंजियोप्लास्टी



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक एंजियोप्लास्टी गरिएको छ । वरिष्ठ कार्डियोलोजिष्ट डा. रोशन घिमिरेको नेतृत्वमा ७५ वर्षीय पुरुषको एन्जियोप्लाष्टी गरिएको हो ।

पहिलो पटक बिरामीको एंजियोप्लास्टी सफल भएकोमा खुसी व्यक्त गर्दै डा. घिमिरेले मुटु रोग उपचारमा थप नयाँ उपलब्धि प्राप्त भएको बताए । मुटु रोग उपचारका लागि सेवाग्राहीलाई काठमाडौं वा अन्यत्र जानुपर्ने वाध्यता अन्त्य गर्न अन्य सेवाहरु समेत थप गर्न आवश्यक रहेपनि अहिले सुरु गरिएको एंजियोप्लास्टी सेवा यस क्षेत्रका जनताका लागि ठूलो खुसीको कुरा भएको उल्लेख गरे । एन्जियोप्लास्टी एक गैर(सर्जिकल प्रक्रिया हो जसले हृदयमा रगत आपूर्ति गर्ने नसाहरूमा अवरोध हटाउन मद्दत गर्दछ । यस प्रक्रियामा स्थानीय एनेस्थेसिया प्रयोग गरिन्छ ।

विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी अस्पतालमा मुटुरोग उपचारका लागि अन्यत्र जान नपर्नेगरी विभिन्न सेवाहरु थप गर्ने योजना रहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जनाए । अस्पतालमा क्याथल्याव सेवा अन्तरगत १ जनाको स्थायी पेसमेकर राख्नुका साथै ३ जनालाई अस्थायी पेसमेकर राख्ने काम समेत सफल भएको छ । क्याथल्याव सेवा सुरु भएपछि हालसम्म ८० जनाको एन्जियो ग्राफी गरिएको तथ्याङ्कमा उल्लेख छ ।

अस्पतालमा पछिल्लो समय ट्रेड मिल टेस्ट (टिएमटी) सेवा समेत सञ्चालन गरिएको छ । यसबाट मुटुका नशाहरुमा ब्लकेजहरु भए नभएको थाहा पाउन सकिने र सोही अनुसार उपचार गर्न सजिलो हुनेछ । अस्पतालमा पेरिकार्डियो सेन्टेसिस, होल्टर इसिजी लगायतका सेवा समेत सञ्चालनमा आएका छन् ।

 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ७ : १० बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको