२४ बैशाख २०८१, सोमबार | May 6, 2024

एनओसी प्रमाणीकरणपछि मात्र अन्तिम श्रम स्वीकृति



काठमाडौं । वैदेशिक रोजगार विभागले गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नेपाली दूतावासबाट प्रमाणित गरेर पेश गरेपछि मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति जारी गर्ने जनाएको छ ।

विभागले बुधबार एक सूचना जारी गर्दै गत फागुन २९ गते अघि मागपत्र प्रमाणित भइ पूर्वस्वीकृति लिएकाको हकमा अन्तिम श्रम स्वीकृति लिन दूतावासाबट प्रमाणित एनओसी पेश गर्नुपर्ने जनाएको छ ।

यस्तै पूर्वस्वीकृति लिने प्रक्रियामा रहेका र नयाँ मागपत्रको हकमा समेत गन्तव्य मुलुको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसी सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।

नयाँ व्यक्तिगत श्रम स्वीकृतिको हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगारदता कम्पनीको आधिकारिक इमेलबाट हालै जारी एनओसी वैदेशिक रोजगार कार्यालय ताहाचलको आधारिक इमेलमा प्राप्त भएको हुनुपर्ने विभागले जनाएको छ ।

यही भदौ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा श्रमस्वीकृति खुला गर्ने निर्णय गरेको थियो ।

वैदेशिक रोजगार कार्यालय ताहाचलले काठमाडौंको निषेधाज्ञा खुलेपछि श्रम स्वीकृति प्रदान गर्ने तयारी गरेको छ ।

सरकारले यसअघि देखि नै बिदामा आएका नेपालीलाई काममा फर्कन पुनः श्रम स्वीकृति दिँदै आएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : ५७ बजे

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा