५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बुटवल बजारमा खाद्य अनुगमन, अखाद्य वस्तु बरामद गरी नष्ट



बुटवल । बुटवल बजारका विभिन्न ठाउँमा खाद्य अनुगमन गरिएका छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देही, र बुटवल उपमहानगरको संयुक्त टोलीले बुटवलका विभिन्न ठाउँमा रहेका किराना पसल, होटल तथा मिष्ठान्न भण्डारको अनुगमन गरेको हो ।

ईलाका प्रशासन कार्यालय बुटवल तथा उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको समेत सहभागिता रहेको अनुगमन गर्ने क्रममा भेटिएका विभिन्न अखाद्य पदार्थ जफत गर्नुका साथै सुधारका लागि निर्देशन समेत दिइएको गुण नियन्त्रण कार्यालयकी खाद्य अधिकृत जोश्ना शर्मा अधिकारीले जानकारी दिइन । बुटवल उपमहानगरपालिकाकी उप प्रमुख सावित्रादेवी अर्यालसहिटको टोलीले लुम्बिनी प्रादेशिक अस्पतालको चमेनागृह अनुगमन थप व्यवस्थापनका लागि सुझाव दिएको थियो । यसैगरी आम्दा अस्पताल बुटवलको चमेना गृहमा शरसफाईलाई ध्यान दिन निर्देशन गरेको थियो ।

यसैगरी राजमार्ग चौराहस्थित कस्तुरी मिष्ठान्न भण्डारमा अखाद्य भैसकेका वस्तुहरुलाई समयमै व्यवस्थापन गर्न तथा सरसफाईमा थप ध्यान दिन निर्देशन गरिएको उपभोक्ता हित संरक्षण मञ्च रुपन्देही अध्यक्ष तेजकुमार पाठकले जानकारी दिए ।

अनुगमन टोलीले बुटवल-६ स्थित कृष्ण किराना पसलबाट म्याद गुज्रीएको भुजिया ४ प्याकेट तथा ५० प्याकेट सेमोटोमिया बरामद गरिएको थियो । यसैगरी रंग प्रयोग गरिएको ३० केजी खुला मटर तथा ३ प्याकेट दालमोठ बरामद गरिएको थियो । यसैगरी थापा गेडागुडी जनरल स्टोरबाट रंग हालिएको १०५ थान झिनुवा रोटी बरामद गरी नष्ट गरिएको गुण नियन्त्रण कार्यालयकी प्रतिनिधि स्वेच्क्षा पौडेलले जानकारी दिइन । यसैगरी न्यु कान्दु किराना तथा खाद्य पसलबाट म्याद गुज्रीएका केही वस्तु बरामद गरिएको उनले जानकारी दिइन ।

अनुगमनमा ईलाका प्रशासन कार्यालय बुटवलका प्रतिनिधि जिवराज पन्थी, बुटवल उपमहानगरपालिका अनुगमन शाखाका अधिकृत ठगिश्वर पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ६ : ४४ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले