९ भदौ २०८३, मंगलबार | August 25, 2026

तेश्रो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिशलाई



भैरहवा । लुम्बिनीमा सम्पन्न तेस्रो अन्तरराष्ट्रिय पिस म्याराथनको उपाधि अनिश थापा मगरले हात पारेका छन् । नेपाल ओलम्पिक कमिटी र चिनिया दूतावासको संयुक्त आयोजनामा सम्पन्न म्याराथनमा भारतीय सेनामा कार्यरत थापा मगर प्रथम भएका हुन् । मगरले दुई घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर पार गरे ।

थापा मगरले रु तीन लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी नेपाली सेनामा कार्यरत सुशिलकुमार शाही दोस्रो भए । उनले उक्त दूरी दुई घण्टा २० मिनेट २५ सेकेण्डमा पूरा गरेर रु दुई लाख ५० हजार हात पारे ।

केन्याका धावक स्टेफेन कोस्गेई तेस्रो भए । उनले उक्त दूरी दुई घण्टा २० मिनेट ४७ सेकेण्डमा पूरा गरेर रु एक लाख ५० हजार पुरस्कार जिते ।

यसैगरी महिला सहभागीलाई आधा दूरीको म्याराथन गराइएको थियो । हाफ म्याराथनमा पनि नेपाली धावकले वर्चस्व जमाए । यसमा २१ किमी हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन् । उनले उक्त दूरी एक घण्टा २० मिनेट पाँच सकेण्डमा पूरा गर्दै रु एक लाख ५० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै, नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले दुई घण्टा २१ मिनेट ४९ सकेण्डमा उक्त दूरी पार गरेर दोस्रो भइन् । उनले रु एक लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै, चीनकै चेन विइले दुई घण्टा २६ समेण्डमा उक्त दूरी पार गरेर तेस्रो भई रु ८० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

म्याराथनमा पुरुषतर्फ १०औँ स्थानसम्म आउने र महिलातर्फ छैठौँ स्थानतर्फ आउनेलाई पुरस्कार दिइएको थियो ।

म्याराथन अँतर्गत पाँच किलोमिटरको खुल्ला दौड र पाँच किलोमिटरकै विद्यालयका छात्रछात्राको दौडसमेत आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ४३० भन्दा बढी सहभागी भएका थिए ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लुम्बिनीमा म्याराथनको आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ९ : २५ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी