४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेको डुडुवामा ट्याङ्करको ठक्करबाट २ बालकको मृत्यु, स्थानीयले प्रहरी चौकी सहित ट्याङ्कर जलाए



नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा ट्यांकरले ठक्कर दिँदा एलकेजी पढ्ने दुई बालकहरूको ज्यान गएको छ । अपरान्ह ४ बजेको समयमा भे १ ख ४१०७ नम्बरको ट्याङ्करको ठक्करबाट स्थानीय विशाल गोडीया र शिवकुमार गोडियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट स्थानीय दुई बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्यांकर जलाइदिएका छन् भने बेतहनी चौकी पनि जलाईदिएका छन् । आक्रशित स्थानीयको आक्रमणबाट दर्जनौ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म बेतहनी चोकमा अवस्था नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । स्थिती नियन्त्रणका लागि दङ्गा नियन्त्रण गण खजुराबाट थप प्रहरी घटनास्थल पठाइएको बाँके प्रहरी प्रवक्ता दीपक पतालीलले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको