२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बागलुङमा सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, कम्तीमा १३ जना सम्पर्कबिहीन, ४ जनाको शव फेला



बागलुङ – बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा ३० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

अबिरल वर्षासँगै बुधबार राति १२ बजेको समयमा आएको बाढीले बस्ती बगाउँदा कम्तिमा १३ जना बेपत्ता भएको र ठुलो जनधनको क्षेती भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । उनले बाढीबाट धोबिखोला जलबिद्युत पुरै बगाएको, एउटा विद्यालय र केहि झोलुङ्गे पुल पनि बगाएको जानकारी दिए । ‘बिहानबाट उद्दार कार्य सुरु भएको छ, बगाएको घरधुरी र हराएको नागरिकको संख्या अझै थपिन सक्छ ।’ उनले भने । त्यसैगरी धोबिखोला विद्युत आयोजना, सरस्वती आधारभूत विद्यालय र जनचेतना प्रार्थमिक विद्यालयको भवनमा समेत क्षति पुगेको न्यौपानेले बताए ।

“रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन”, इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।, “अहिले उद्धारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।”

उद्दार टोलिले ४ जनाको शव फेला पारेको र अन्यको खोजि भईरहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।

उनले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए । घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जान लागेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ७ : ४४ बजे

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ